कहाँ पुग्यो सुन प्रकरणको अनुसन्धान ? के गर्दैछ छानविन समिति ?

Global IME
Norvic Hospital

काठमाडौं । तस्करीको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको छानविन समितिको म्याद थपिएसँगै समिति थप सक्रिय भएको छ । बुधबार मात्र समितिले सुन तस्करीसँगै हुण्डी कारोवारमा डन मानिने व्यापारी विमल पोद्दारलाई पक्राउ गरी अनुसन्धान थालेको छ । पोद्दार विदेशी मुद्रा र सुन तस्करीमा पूर्व एसएसपी रविराज श्रेष्ठसँग मिलेर काम गर्दथे । उनको पूर्व एआईजीद्धय विजयलाल कायस्थ र विज्ञानराज शर्मासँग पनि सेटिङ रहेको छ । शर्माका भाई दया र पोद्दार विजनेश पार्टनर हुन् ।

 

समितिले तस्करीका मुख्य नाइके एमके भनिने मोहन कुमार अग्रवाल र पोद्दारबीचको सम्बन्धका बारेमा अनुसन्धान गरिरहेको स्रोतले बतायो । पोद्दार पक्राउ परेसँगै पूर्व एआईजी विजयलाल कायस्थ पनि छानविनका लागि अनुसन्धानमा तानिने सम्भावना बढेको छ । कायस्थले समितिमा चलखेल गरेको जानकारी पाएपछि प्रधानमनमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीलाई कायस्थमाथि अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिइसकेको स्रोतको दावी छ । प्रधानमन्त्री ओली चीन भ्रमणमा जानु अघि गृहमन्त्री रामबहादुर थापा ‘वादल’ लाई बोलाएर सुन तस्करीको सम्पूर्ण तथ्यहरुको जानकारी लिई दोषी भेटिएका कसैलाई पनि नछाड्न निर्देशन दिएका थिए ।

 

तस्करी र सनम हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ ले सुन तस्करीमा प्रहरीसहित ठूलो सञ्जाल क्रियाशील हुने गरेको बयान दिएका थिए । गोरेले विमानस्थलका प्रहरी नायब महानिरिक्षक ९डीआईजी० लाई प्रयोग गरेर सुन तस्करी सम्भव भएको बयानमा खुलाएका थिए । तर, समितीमा रहेका एसएसपी वसन्त लामा र डिएसपी सुदिप पाठकले बिमानस्थलमा १६ महिना सम्म काम गरेका पूर्व एआइजी कायस्थलाई उन्मुक्ति दिने प्रयास गरेको थाहा पाएपछि प्रधानमन्त्री ओलीले सत्य तथ्य छानविन गरी कारबाही गर्न निर्देशन दिएका हुन् ।

 

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल संयोजक रहेको समितिले केही समय अघि गोप्य रुपमा कायस्थमाथि वयान लिए पनि घटनालाई गुपचुप राखिएको गृह निकट स्रोतले बताएको छ । राष्ट्रिय अनुसन्धान बिभागका डिआईजी हुतराज थापाको कार्यकक्षमा कायस्थलाई बोलाएर एसएसपी लामा र डिएसपी पाठकले वयान लिएका थिए । सुन तस्करीमा पत्रकारलाई नै बोलाएर वयान लिएकाहरुको एसएमएसदेखि अडियो रेकर्डसम्म सार्वजनिक गर्ने लामा र पाठकले कायस्थले दिएको वयानको तथ्य भने लुकाएर उनलाई बचाउन खोजेका छन् ।

 

सुन तस्करीमा गोरेसँग कारोबार गर्ने एसएसपी श्याम खत्री एयरपोर्टमा रहँदा उनका हाकिम रहेका कायस्थ १६ महिनासम्म सुन तस्करहरुकै सेटिङमा एयरपोर्टमै बसेका थिए । कायस्थका हरेक आदेश खत्रीले पालना गर्दै आएका थिए । लहरो तान्दा पहरो गर्जने भनेझैं कायस्थलाई आदेश दिने तत्कालिन आईजीपी उपेन्द्रकान्त अर्याल पनि सुन तस्करी काण्डमा तानिने भएपछि लामा र पाठकले कायस्थलाई जोगाउन खोजेका हुन् । लामा र पाठक अर्याल निकटका प्रहरी अधिकारी हुन् ।

 

सम्पूर्ण आदेश दिने र एयरपोर्टमा सुरक्षाको नेतृत्व गरेका कायस्थलाई पक्राउ गरी अनुसन्धान शुरु नगर्नु नै समितिको पूर्वाग्रहि कार्य भएको प्रहरीका एक उच्च अधिकारी दावी गर्छन् । स्रोतका अनुसार लामा र पाठकले गृहमन्त्री थापालाई गलत तथ्य दिएर कायस्थको समुहलाई जोगाउन खोजेका छन् ।

 

अकुत सम्पत्ति मुद्दामा कायस्थमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको हुँदा उनलाई पक्राउ गर्न थप दबाब परेको छ । कायस्थले १६ महिनासम्म विमानस्थलको सुरक्षा प्रमुख हुँदा विभिन्न समयमा बरामद् गरेको २० किलो अवैध सुनको सुराकीमा अस्मिता झा नाम गरेकी महिलाको नाम राखेर कमिसन खाएका थिए । अख्तियारले सुन काण्डको पुरानो फाइल पल्टाउँदै कायस्थमाथि अनुसन्धान शुरु गरेको छ ।

 

एयरपोर्ट भन्सारका तत्कालिन प्रमुख सुदीपचन्द्र शाह, पुर्व एआईजी शर्माका भाई दया शर्मा, एयरपोर्टको गेटमा भबन निर्माणको ठेक्का पाएका पोद्दारका पार्टनर र कायस्थको मिलेमतोमा सुन तस्करी धन्दा मौलाएको बिबरण पनि अख्तियारले हात पारेको छ । भन्सारका शाह निलम्बनमा पर्दा पनि कायस्थलाई अख्तियारका निलम्वित प्रमुख लोकमानसिंह कार्की र उपेन्द्रकान्त अर्यालले जोगाएका थिए । अख्तियारले एयरपोर्टको भबन निर्माणको ठेक्काका फाइल पनि झिकाएर पोद्दारको समूहमाथि निगरानी गरिरहेको अख्तियार स्रोतले थप उल्लेख ग¥यो । आजको युनाइटेड पोष्टबाट ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सत्ता गठबन्धनको बैठक बस्दै

  • 5 minutes ago
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक

आज चैते दशैँ पर्व मनाइँदै

  • 1 hour ago
आज चैते दशैँ पर्व मनाइँदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

  • 1 hour ago
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।



पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।