Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियदक्षिण यमनमा हुथी विद्रोहीको ड्रोन आक्रमणमा परी ४ सरकारी सैनिकको मृत्यु

दक्षिण यमनमा हुथी विद्रोहीको ड्रोन आक्रमणमा परी ४ सरकारी सैनिकको मृत्यु


एडेन। हुथी मिलिसियाले गरेको ड्रोन आक्रमणमा बिहीबार दक्षिणी प्रान्त धालियामा चार यमनी सरकारी सैनिकको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन्।

हुथी मिलिशियाले विस्फोटक पदार्थले भरिएको ड्रोन तैनाथ गरी धलियाको उत्तरी क्षेत्रहरूमा सरकार समर्थक सेनाका सैन्य प्रतिष्ठानहरूलाई निशाना बनाएको नाम न छाप्ने शर्तमा एक जना अधिकारीले बताएका छन्।

उनले सो ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु भएको र थुप्रै घाइते भएको उल्लेख गरेका छन्। आक्रमणले सैन्य क्षेत्रलाई क्षति पुर्याएको र सशस्त्र गाडी पूर्ण रूपमा नष्ट भएको पनि जानकारी दिएका छन्।

अधिकारीका अनुसार हुथीहरूले दक्षिणी प्रान्तहरूमा अन्य मोर्चाहरूमा पनि सैन्य आक्रमणलाई तीव्रता दिदै आएका छन्। यमन सन् २०१४ देखि विनाशकारी गृहयुद्धमा फसेको छ हुथीहरूले अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारविरुद्ध लडिरहेका छन्।

संयुक्त राष्ट्रसंघले सन् २०२२ अप्रिलमा यमनमा मानवीय युद्धविरामको मध्यस्थता गरेको थियो शुरुमा हिंसालाई उल्लेखनीय रूपमा घटाएर शान्तिपूर्ण समाधानको आशा पनि जगाएको थियो। तर गत वर्षको अक्टोबरमा युद्धविरामको म्याद सकिएपछि देशका विभिन्न क्षेत्रमा छिटपुट सशस्त्र भिडन्तहरू पुनः शुरु भएका छन्।

संयुक्त राष्ट्रसंघले द्वन्द्वको राजनीतिक समाधानका लागि मध्यस्थता गर्ने काम गरिरहेको छ तर युद्धरत पक्षहरू बीचको विश्वासको कमी र त्यहाँ जारी हिंसा लगायतका कारण विगतका प्रयासहरू असफल भएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT