Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालयस वर्षको मनसुन सुरु भएपछि भएका विपद् घटनामा परी १० जनाको मृत्यु

यस वर्षको मनसुन सुरु भएपछि भएका विपद् घटनामा परी १० जनाको मृत्यु


काठमाडौँ । यस वर्षको मनसुन सुरु भएपछि भएका विपद् घटनामा परी १० जनाको मृत्यु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक, शून्य र अन्य समयमा उठेक प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनामा परी छ घाइते र २६ बेपत्ता भएको बताए । साथै ५४ घर पूर्णरुपमा क्षति भएको र थप विवरण आउने क्रम जारी रहेको उनले जानकारी दिए ।

“जेठ ३१ गतेबाट नेपालमा प्रवेश गरेको मनसुन प्रणालीको बढी असर देशको पूर्वी भू–भागमा परेको छ । सङ्खुवासभा, पाँचथर, ताप्लेजुङलगायत जिल्लामा बढी विपद्जन्य घटना भएका छन्”, गृहमन्त्री श्रेष्ठले भने ।

उनले विपद्का घटनामा परी मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरे । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताको खोजी तीव्र बनाउने प्रतिबद्धता जनाए ।

“असार ४ गते प्रधानमन्त्रीको नेतृत्वमा विपद् प्रभावित क्षेत्रमा गयौँ । सङ्खुवासभाको तुम्लिङ्टारबाहेक अन्य स्थानमा मौसम अनुकुल हुँदा हेलिकोप्टर जान सक्ने अवस्था भएन”, उनले भने, “तुम्लिङ्टारबाट घटनाबारे विभिन्न जिल्लाका प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग जानकारी लिइ आवश्यक निर्देशनस समेत दिएर काठमाडौँ फर्किएका छौँ ।”

उनले विपद् प्रभावित उल्लेखित जिल्लामा जिल्ला सुरक्षा समिति, जिल्ला व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, स्थानीय जनसमुदाय र सञ्चारकर्मीको संलग्नतामा खोज तथा उद्धार जारी रहेको जानकारी दिए ।

उनले अविरल वर्षाका कारण सङ्खुवासभाको चैनपुर नगरपालिका भएर बग्ने हेवा खोला र पिलुवाखोलामा आएको बाढीले खोला आसपासका बस्ती जोखिमामा परेको जानकारी दिए ।

“बाढीका कारण चैनपुर–४ दोभानेमा निर्माणाधीन सुपर हेवा खोला जलविद्युत् आयोजनामा क्षति पुगेको छ । उक्त जलविद्युत् आयोजनामा काम गर्ने १८ जना कामदार र अन्य दुई स्थानका तीन जना गरी २१ जना बेपत्ता भएकामा तीन जानाको जीवितै उद्धार गरी उपचार भइरहेको र एक जनाको शव फेला परेको छ”, उनले भने । उनका अनुसार उक्त स्थानमा बाढीले सात वटा घर बगाएको र ११ घर उच्च जोखिममा परेका छन् ।

बाढीका कारण हेवा खोलामा रहेका दुई मोटरेबल पक्की पुल र दुई झोलुङ्गे पुल पूर्णरुपमा क्षतिग्रस्त र एउटा पक्की पुलमा आंशिक क्षति पुगेको उनले जानकारी दिए । स्थानीय प्रशासनको नेतृत्वमा सुरक्षा निकाय, स्थानीय तह र सडक डिभिजनका प्राविधिकसहित यसको क्षति आँकलन र यातायात सुरु गर्ने सम्बन्धमा काम भइरहेको उहाँको भनाइ छ । थप विवरण आउने क्रममा रहेको उनले बताए ।

ताप्लेजुङमा बाढी पहिरोमा परी हालसम्म तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता र एकजना घाइते भएका छन् ।

गृहमन्त्री श्रेष्ठका अनुसार सिदिङ्वा–६ मेहेलमा दुई वटा घरका चार जनालाई घरसहित बगाएकोमा एक जनाको शव प्राप्त भएको छ । साथै बेपत्ताको खोज तथा उद्धार जारी छ । सोही पालिकाको नाभिभञ्ज्याङ्मा २० घर पहिरोको जोखिममा रहेको र वडा नं ३ इलाबोटेका चार घरसमेत गरी जिल्लाका विभिन्न स्थानका १३ घर पूर्णरुपमा क्षति भएको उहाँले जानकारी दिए ।

सिदिङ्वा गाउँपालिका वडा नं ६ को अर्को स्थानमा पहिरोमा परी दुईको मृत्यु र एक जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी हेलिकोप्टरमार्फत उपचारका लागि बिराटनगर पठाइएको गृहमन्त्री श्रेष्ठले बताए
ताप्लेजुङका विभिन्न स्थानमा पाँच वटा झोलुङ्गे पुल र एउटा पक्की पुलमा क्षति भएको छ । पहिरोको उच्च जोखिममा रहेको ३९ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको र जिल्लाबाट क्षतिको विवरण आउने क्रम जारी छ ।

पाँचथरमा पहिरोबाट हालसम्म तीन जनाको मृत्यु भएको छ भने एकजना घाइते र तीन बेपत्ता भएका छन् । मेची राजमार्गको हेवा खोलास्थित पुल बगाउँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । फिदिम वडा ४ तमोर करिडोर सडकखण्ड र फिदिम–४ हिलियाङको बेलिब्रिज बगाउँदा पूर्णरुपमा अवरुद्ध । सो आसपासमा ६ पक्की पुल, सात वटा झोलुङ्गे पुल र एउटा ट्रस पुलमा क्षति पुगेको छ ।

जिल्लाका विभिन्न स्थानमा ३४ घर पूर्णरुपमा र २७ घर आंशिकरुपमा क्षतिग्रस्त भएका छन् । उक्त स्थानबाट एक सय २० जनालाई स्थानीयलाई स्थानान्तरण गरिएको छ । रैराङ, माउन्टेन ‘ए’ र माउन्टेन ‘बी’ गरी तीन जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने विवरण आउन बाँकी छ ।

तनहुँ जिल्लाको मुग्लिङ–पोखरा सडकखण्डमा निर्माण गरिरहेको अवस्थामा पहिरो खस्दा तीन जना कामदार पुरिएको प्रहरीले उद्धार गरी एक जनाको दमौलीमा उपचार भइरहेको र दुई जना कामदारको मृत्यु भएको उनले जानकारी दिए ।

पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको, सडक विभागको समन्वयमा मुख्य सडकमार्गमा बेलिब्रिज सञ्चालनका लागि यसको आँकलन तथा स्थापना गर्न र मुख्य तथा सहायक राजमार्गमा अवरुद्ध हुनासाथ तत्काल सडक डिभिजन कार्यालयका प्राविधिक र सुरक्षाकर्मी परिचालन गरी केही घण्टाभित्र अवरुद्ध सडक खुलाउन कार्य अगाडि बढाइएको उनको भनाइ छ ।

गत जेठ १९ उपप्रधानमन्त्री एवं गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय योजना २०८० जारी गरी सबै सङ्घीय निकाय र सरोकारवाला निकायको भूमिका निर्धारण गरी समन्वयात्मक परिचालनको व्यवस्था गरिएको उनको भनाइ छ । साथै गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा सुरक्षा निकायका प्रतिनिधि, सडक, सिँचाइ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रिाधिकरणका प्रतिनिधिरहेको कमाण्ड पोष्ट गठन गरी काम भइरहेको उनले बताए ।

“विपद्पीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड, २०७७ अनुसार मृतक परिवारमा एक जनाको मृत्यु भएका रु दुई लाख र सोही परिवारको थप अन्य कसैको मृत्यु भएमा प्रतिव्यक्ति थप रु एक लाखका दरले थपराहत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ”, उनले भने ।साथै घरबास क्षति भएकालाई सरकारले तत्काल जीवन गुजाराका लागि प्रतिपरिवार रु १५ देखि २० हजार उपलब्ध गराइएको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए)का अध्यक्ष लु झाउहुईले आज शिष्टाचार भेट गरेका

काठमाडौँमा २ करोड नगद र सुनसहित ७ भारतीय पक्राउ

काठमाडौँ । काठमाडौँमा प्रहरीले २ करोड रुपैयाँ र झन्डै एक किलो सुनसहित ७ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ४ जरुवा पानी नजिक रेल्वे ट्रयाकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार

योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् ।

Techie IT