Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियजस्टिन ट्रुडो भारतमाथि लगाएको आरोपप्रति अडिग

जस्टिन ट्रुडो भारतमाथि लगाएको आरोपप्रति अडिग


एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खलिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्याको सम्बन्धमा भारतविरुद्धको आरोप फेरि दोहोर्याएका छन् ।

भारत क्यानडा विवादमा क्यानडाका प्रधानमन्त्रीले भने, ‘हामी यो गम्भीर विषयमा भारतसँग रचनात्मक काम गर्न चाहन्छौं भन्ने कुरामा प्रष्ट भइसकेका छौं। हामीले सुरुदेखि नै वास्तविक आरोपहरू साझा गरेका छौं, जसको गहिराइमा अनुसन्धान गर्नेछौं। हामी चिन्तित छौं। हामीले भारत सरकार र विश्वभरका साझेदारहरूसँग यस कुराको गम्भिरताका साथ जानका लागि सम्पर्क गर्यौं। त्यसकारण भारतले भियना महासन्धिको उल्लङ्घन गरेको र नयाँ दिल्लीमा रहेका ४० भन्दा बढी क्यानाडाली कूटनीतिज्ञहरूको कूटनीतिक उन्मुक्ति स्वेच्छाचारी रूपमा खारेज गर्दा हामी गहिरो निराश भयौं’।

ट्रुडोले भने, ‘हामीसँग विश्वास गर्ने गम्भीर कारणहरू छन् । क्यानाडाली भूमिमा क्यानाडाली नागरिकको हत्यामा भारत सरकारका एजेन्टहरू संलग्न हुन सक्छन्। यसका बाबजुद भारतले भियना महासन्धिको उल्लङ्घन गर्दै क्यानाडाली कूटनीतिज्ञहरूको सम्पूर्ण समूहलाई निष्कासन गरेर प्रतिक्रिया दिएको थियो।’

क्यानडाका प्रधानमन्त्रीले यी विवादका बाबजुद भारतसँग मिलेर काम गर्न चाहेको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT