Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीधेरै चिसो पानी पिउने बानी छ भने यी कुराहरु थाहा पाउनुहोस्

धेरै चिसो पानी पिउने बानी छ भने यी कुराहरु थाहा पाउनुहोस्


एजेन्सी । शरिरमा केही समस्या देखिएमा चिकित्सकहरुको सुझाव हुन्छ पानी धेरै पिउनुहोस् । दिनमा ८ गिलासभन्दा बढी पानी पिउनुपर्छ । यसले पाचनप्रणालीमा राम्रो बनाउन काम गर्छ, छाला तथा कपाल स्वस्थ राख्छ । पानीले शरिरमा रहेको अनावश्यक पदार्थहरु बाहिर निकाल्ने काम गर्छ । तर, गर्मी लाग्ने बित्तिकै मानिसहरु धेरै चिसो पानी पिउने गर्छन् भने जाडोमा पनि धेरै चिसोको पानी नै प्रयोग गर्ने गरिन्छ । जबकी धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागि राम्रो होइन । धेरै चिसो पानीले पित्तासयलाई हानी गर्ने काम गर्छ । चिसो पानीले भविष्यमा यस्ता समस्याहरु पैदा गर्ने काम गर्छ ।

१. पाइल्स

चिसो पानीले मललाई जमाउने काम गर्छ । यसकारण पाचनप्रणालीमा यसले समस्या पैदा गर्ने काम गर्छ । मललाई राम्रोसँग नसर्दा शरिरले स्वस्थ भएको अनुभव गर्न पाउँदैन । यसैका कारण अन्य रोगको कारण पनि बन्न सक्छ

२. मुटु सम्बन्धि रोग

चिसो पानीका कारण ब्लड नभ्र्स सिकुड हुन्छ । मुटुलाई रगत प्रवाह गर्नका लागि धेरै मेहनत गर्नुपर्छ । यसका कारण मुटुमा जोर पर्ने गर्छ । मुटुको धड्कनमा समस्या देखिन थाल्छ । यसका कारण हाइ ब्लडप्रेशर हुने वा हार्टअट्याक समेत हुने गर्छ ।

३. तौल बढ्ने

खाने खाने बित्तिकै तुरुन्त चिसो पानी पिउनाले पाचनप्रणालीलाई समस्या पार्छ । यसका कारण हाम्रो मेटाबालिज्ममा नराम्रो असर पार्ने काम गर्छ । शरिरमा बोसो समेत जम्न थाल्छ ।

४. पाचन समस्या

चिसो पानी पिउनाले शरिरको नभ्र्स सिकुड हुन्छ । यसका कारण पाचनप्रणाली कमजोर हुनेगर्छ । कब्जियत, नराम्रो डकार र एसिडिटी हुन जान्छ ।

५. पोषकतत्वको कमी हुन्छ

जब तपाई चिसो पानी पिउनुहुन्छ यसले खाएको खाना जमाउने काम गर्छ । शरिरमा अन्य कामका लागि धेरै उर्जा खर्च हुनेगर्छ । यो उर्जा खाने गरेको भोजनबाट प्राप्त हुनेगर्छ । तर, पेटमा खाना जमेपछि आवश्यक उर्जा शरिरले पाउन सक्दैन ।

६. टाउको दुख्ने गर्छ

चिसो पानी पिउनाले शरिरको तापक्रम अचानक परिवर्तन हुन्छ । यसको असर सिधा दिमागमा पर्ने गर्छ । यसका कारण टाउको दुख्ने गर्छ ।

७. छाती दुख्ने गर्छ

गर्मीमा बाहिरबाट आएर एक्कासी चिसो पानी पिउँदा यसले शरिरको तापक्रममा घटाउने गर्छ । यसले छातीमा कफ जमाउने काम गर्छ । यसका कारण घाँटी दुख्ने समेत गर्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

स्वस्थानी व्रतकथा आजदेखि

काठमाडौँ । आज पुस शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा देशका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ

यी चीजहरु फ्रिजको माथि नराखेकै राम्रो

एजेन्सी । आजको समयमा, फ्रिज हरेक घरमा प्रयोग हुने अत्यावश्यक मेसिन हो । मानिसहरु अक्सर अनजानमा केहि यस्ता चीजहरु फ्रिजमा

दुधसँग नखानुहोस् यी चिज

एजेन्सी । दुधलाई पूर्ण आहार मानिन्छ । यसलाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा क्याल्सियम र प्रोटिनको मात्रा उच्च

वास्तु टिप्स: पूजा कोठाको लागि यी रंगहरू शुभ, जान्नुहोस् मन्दिरसँग…

एजेन्सी । आज वास्तुशास्त्रमा हामी पूजा कोठामा रंगको छनोटको बारेमा कुरा गर्नेछौं। मन्दिरलाई घरको सर्वोच्च स्थान मानिन्छ। बिहान मानिस भगवान

आज ३६औँ विश्व एड्स दिवस

काठमाडौँ । आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

जान्नुहोस् दैनिक एउटा काँचो टमाटर खानुका फाइदाहरु

एजेन्सी । दैनिक एउटा काँचो टमाटर खानुका धेरै फाइदाहरु छन् । टमाटरमा भिटामिन सी र केहि एन्टिअक्सिडेन्टहरू हुन्छन् जसले तपाईंको

Techie IT