Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपुटिन र किम जोङबीचको भेटवार्ताप्रति अमेरिकाले दियो यस्तो चेतावनी

पुटिन र किम जोङबीचको भेटवार्ताप्रति अमेरिकाले दियो यस्तो चेतावनी


एजेन्सी । अमेरिकी विदेश मन्त्रालयले रूस र उत्तर कोरियाले नयाँ हतियार सम्झौतामा हस्ताक्षर गरेमा थप प्रतिबन्धहरू लगाउन नहिचकिचाउने बताएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन भोस्टोचनी कस्मोड्रोममा भएको बैठकमा सहभागी भएका थिए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच रुसमा भएको बैठकबारे प्रश्नको जवाफ दिँदै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले उक्त चेतावनी दिएका हुन् ।

म्याथ्यू मिलरले भने, ‘उत्तर कोरिया र रुसबीच हतियार बिक्री गर्ने निकायहरूमाथि प्रतिबन्ध लगाउन धेरै कारबाहीहरू गरिसकेका छौं र उपयुक्त भएमा थप कारबाही गर्न हामी हिचकिचाउने छैनौं।’

रुस र उत्तर कोरियाले संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावलाई उल्लङ्घन गर्न सक्ने सहयोग विस्तार गर्ने विषयमा छलफल गर्नु चिन्ताजनक रहेको बताए।

मिलरले भने,’ जब तपाईले सहयोगमा भएको वृद्धि र सम्भवतः सैन्य स्थानान्तरण देख्नुहुन्छ, यो धेरै समस्याग्रस्त छ।’

यसले संयुक्त राष्ट्र सुरक्षा परिषद्का धेरै प्रस्तावहरूको सम्भावित उल्लङ्घन हुने उनले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT