बसको पछि ट्याक्सीको भाडा बढ्यो, एक किलोमिटरमा कति ?

  • बुधबार, १० असोज, २०७५
  • 7 months ago
  • नेपाल

सरकारले बस सगँ ट्याक्सीको पनि असोज ७ आइतबारदेखि लागु हुने गरी ट्याक्सी भाडामा वृद्धि गरेको छ । यातायात व्यवसायी र सरकारबीच भएको सहमतिअनुसार यातायात व्यवस्था विभागले ट्याक्सी भाडा बढाउने निर्णय गरेको हो । विभागले हालको भाडामा १० प्रतिशत बढाएर भाडादर सार्वजनिक गरेको छ ।

 

प्रतिकिलोमिटर यात्रामा लाग्ने ३५ रुपैयाँ भाडालाई बढाएर ३९ रुपैयाँ र्पुयाएको छ । भाडा वृद्धि भएसँगै ट्याक्सी चढ्ने यात्रुले अब एक किलोमिटर यात्रामा ५३ रुपैयाँ तिनुपर्ने भएको छ । ट्याक्सी चढ्दा मिटरमा सुरुमै १४ रुपैयाँ देखाएको हुन्छ ।

 

यसलाई ‘फ्ल्याक डाउन’ रकम भनिन्छ । यही रकममा प्रति २ सय मिटर ७ रुपैयाँ ८० पैसा थप हुँदै जान्छ । यसअघि प्रति २ सय मिटर ७ रुपैयाँ मात्रै थियो ।

 

यसैगरी राति ट्याक्सी चढ्दा भने प्रतिकिलोमिटर ५८ रुपैयाँ ५० पैसा लाग्ने भएको छ । यसअघि ५२ रुपैयाँ ५० पैसा मात्रै थियो ।

 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने पर्यटक ट्याक्सीको हकमा ५ किलोमिटरसम्म साविकको ४ सय ८१ रुपैयाँबाट बढाएर ५ सय २९ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।

 

५ किलोमिटरपछि प्रति किलोमिटर माथिका रुटहरुमा ६८ रुपैयाँका दरले लिन पाउनेमा १० प्रतिशतले बढाई ७४ रुपैयाँ ८० पैसा बनाएको छ । अधिकतम दुरीमा साविकको १ हजार ५२ रुपैयाँमा १० प्रतिशत बढाई १ हजार १ सय ५७ रुपैयाँ २० पैसा कायम गरिएको विभागले स्पष्ट पारेको छ ।


थप समाचार

के तपाईलाई राज योगबारे थाहा छ ?

  • 36 minutes ago
के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन

यी महिलाहरुले हात धुन समेत पानीको प्रयोग गर्न पाँउदैनन्

  • 43 minutes ago
यी महिलाहरुले हात धुन समेत पानीको प्रयोग गर्न पाँउदैनन्

एजेन्सी । दुनिँयामा कैयौ यस्ता आदिवासी क्षेत्रहरु छन् जँहा रहेका मानिहरुको परम्परा पनि अनौठो हुन्छ ।

बिहिबार जन्मेका व्यक्तिकाे गुण कस्ताे !

  • 49 minutes ago
बिहिबार जन्मेका व्यक्तिकाे गुण कस्ताे !

बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । यस्ता मानिसहरुलले अरुलाई निकै इज्जत गर्छन् । त्यसकारण मानिसहरुका लागि आदर्श पनि बन्ने गर्छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

हिन्दु धर्म अनुसार यस्ता छन् बिहिबार गर्नै नहुने कामहरु

हिन्दु धर्म अनुसार यस्ता छन् बिहिबार गर्नै नहुने कामहरु

हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।

विचित्र विश्व

के तपाईलाई राज योगबारे थाहा छ ?

के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।