Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियकेन्यामा सडक दुर्घटनामा ४८ जनाको मृत्यु

केन्यामा सडक दुर्घटनामा ४८ जनाको मृत्यु


एजेन्सी । पश्चिमी केन्याको व्यस्त सडकमा ट्रकले नियन्त्रण गुमाउँदा अन्य सवारी साधन र पैदल यात्रुहरूमाथि ठोक्किदा ४८ जनाको मृत्यु भएको छ । अल जजिराले उल्लेख गरेअनुसार अहिलेसम्म ४८ जनाको मृत्यु भएको र एक वा दुई जना अझै ट्रकमुनि फसेको आशंका गरिएको छ ।

केरिचो र नाकुरु शहरहरू बीचको राजमार्गमा शुक्रबार राति भएको सो दुर्घटना बारे स्थानीय प्रहरी कमाण्डर जेफ्री मायेकले बताएका छन्, दुर्घटनामा तीस जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई विभिन्न अस्पतालमा लगिएको छ। यद्यपि पीडितको सङ्ख्या धेरै हुन सक्छ तर अहिले सम्म हामी ३० जनाको बारेमा निश्चित भएका छौं ।

साथै क्षेत्रीय प्रहरी कमाण्डर टम ओडेराले मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको पुष्टि गरेका छन् ।

‘केरिचो तर्फ गुडिरहेको एउटा ट्रकले नियन्त्रण गुमाएको र बस स्टपमा खचाखच भरिएका माटाटस स्थानीय मिनिबसहरूे मा ठोक्किएको र बस स्टपमा उभिरहेका यात्रुहरू र पैदल यात्रुहरूलाई घाईते बनाएको हामीले आशंका गरेका छौं’, मायेकले भने ।

दुर्घटनाका प्रत्यक्षदर्शी रहेका चालक पिटर ओटिएनोले भने,’मैले तीव्र गतिमा आउँदै गरेको ट्रेलर देखेँ। इक्कासि ठोक्किएपछि म भागें। मैले आफ्नै आँखाले करिब २० वटा शव देखेँ। गाडीमुनि अन्य शव पनि थिए’, उनले भने।

भारी वर्षाका कारण उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT