ISMT

HUB Education

''सरकार कहिलेसम्म यस्तो समस्या खेपेर बस्नुपर्ने हो ?”

Education Park

 

Kathmandu Trade Show

 

साँखु, काठमाडौ । चाबहिलबाट शंखरापुरको छापभन्ञ्याङ हुँदै मेलम्ची पुग्ने सडक छेउ ठूलो बस्ती बसिसक्यो । यातायातको सहजता र बन्दव्यापार हुने भएकाले सडक केन्द्रित वस्ती यस्तै ठाउँमा विस्तार हुने गर्छ र यहाँ पनि यस्तै भएको हो । शंखरापुरवासीले शहरको सुविधा खासै पाएका छैनन् । अधिकाँशलाई धुलो सताएको छ । 

 

चाबहिलबाट साँखु हुँदै मेलम्ची पुग्ने सडकखण्ड अन्तर्गतको जोरपाटी, थली इन्द्रेणी, साँखु, जहरसिंह पौवा, नाङलेभारे, छापभन्ञ्याङ हुँदै मेलम्चीसम्म सडक नजीक नजीक धेरै बस्ती बसेका छन् । सडकको मर्मत तथा स्तरोन्नति नहुँदा धुलोले उक्त सडकखण्ड र नजीकका बस्ती कुइरीमण्डल बन्न पुगेको छ भने सडक छेउका बासिन्दा धुलोको प्रत्यक्ष शिकार बन्न पुगेका छन् । 

 

शंखरापुर नगरपालिका–२ जहरसिंह पौवाका अजय चौलागाईं भन्छन् – “सडक छेउमा निकै सुविधा र सहज हुन्छ भनेर घर बनाएँ । अहिले सडकको अवस्था र धुलोका कारण निकै ठूलो गल्ती गरें जस्तो लागिरहेको छ ।” धुलोले प्रदूषण निकै बढाएको छ । धुलोले घर पूरै कुरुप बनेको छ । कच्ची सडक छेउमा घर हुनु भनेको सास्ती खेप्नु बाहेक केही नरहेको चौलागाईं बताउँछन् । 

 

चाबहिलबाट साँखु ११ दशमलव ४६ किलोमिटर र साँखुदेखि मेलम्ची करीव २९ किलोमिटर कच्ची सडकखण्ड हो । सडकमा बाक्लो धुलो उड्छ । मेलम्ची पुग्ने छोटो सडक भएकाले उक्त सडकखण्डमा यातायातको चाप निकै छ । नियमित गुड््ने सवारीसाधनले उडाएको धुलोको कारण स्थानीय बासिन्दा आजित भएका छन् । 

 

शंखरापुर–१ नाङलेभारेका एकादत्त दंगाल भन्छन् – “श्वास फेर्न समेत गाह्रो छ । दिउँसै झ्यालढोका थुनेर बस्नुपर्ने अवस्था छ । जाडो महिनामा केही सहज त हुन्छ तर, गर्मी बढेसँगै न झ्यालढोका थुनेर भित्र बस्न सकिन्छ न त बाहिर नै बस्न सकिन्छ ।” 

 

शंखरापुर नगरपालिका पांग्रेबासकी सिलसिला ढकालले कपडा धोएर सुकाउनसमेत नपाउने गुनासो पोखिन् । “धुलोले आँगनमा कपडा सुकाउन सकिँदैन, अन्त लैजाने ठाउँ छैन, सडक कहिले बन्छ टुङ्गो छैन,” उनको प्रश्न थियो – “कहिलेसम्म यस्तो समस्या खेपेर बस्नुपर्ने हो ?” 

 

सडक नबन्दा सडक नजीकका बासिन्दाहरु रोगी बन्ने मुख्य कारण नै सडकबाट उडेको धुलोे हुन पुगेको छ । यस्तो समस्या चाबहिलबाट शंखरापुरको जहरसिंह पौवा हुँदै मेलम्चीसम्मको यात्रा गर्ने यात्रुहरु तथा सडक छेउका बासिन्दामा देखिएको छ । 

 

प्रदूषणकै कारण अहिले उक्त क्षेत्रका बासिन्दा धेरै पटक बिरामी परेका छन् । कतिपयलाई लामो समय नाक बन्द हुने समस्या छ । घाँटी चिलाउने तथा धुलोका कारण एलर्जी हुने समस्याबाट ग्रसित पनि धेरै छन् । हावामा मिसिएका मसिना कणहरु श्वासमार्फत शरीरभित्र सजिलै पस्ने भएकाले दीर्घकालीन रोग लाग्ने डर भएको शंखरापुरका भरत दंगाल बताउँछन् । 

 

जहरसिंह पौवाका नवराज ओझाले संविधानले आमनागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरेको भए पनि आफूहरु सोही अधिकारबाट वञ्चित हुनुपरेको गुनासो गरे । शंखरापुर नगरपालिकाको प्रायःजसो क्षेत्र धुलोको प्रदूषणबाट आक्रान्त छन् । कतै कतै मान्छे नै ठम्याउन नसक्ने स्थिति आउने भएकाले यात्रा निकै सकसपूर्ण हुने गरेको यात्री लक्ष्मण दुलाल बताँछन् । 

 

शंखरापुर भारेगाउँका मनोज दंगाल भन्छन् – “मान्छे नचिन्ने धुलोका बीच यात्रा गर्दा बिमारी नै भइन्छ । यसरी कति वर्षसम्म हामीले धुलो खानुपर्ने हो ?” सडक बनाउन नसके ट्याङ्करबाट पानी खन्याएर धुलो मारे पनि निकै राहत पुग्ने उहाँको भनाइ थियो । 

 

विसं २०७२ मा सडक विस्तार शुरु गरिएको भए पनि चाबहिल–साँखु सडकखण्डको करीव ११ दशमलव ४६ किलोमिटर सडक मर्मत अझै सम्पन्न हुन सकेको छैन । 

त्यस्तै, साँखुबाट शंखरापुरको नाङलेभारे हुँदै मेलम्ची पुग्ने सडक कसले निर्माण गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । सडक निर्माण भएको एक दशकभन्दा बढी समय बित्दासमेत उक्त सडकको स्तरोन्नति हुन सकेको छैन । 

 

त्यस्तै, चाबहिल–साँखु सडकमा पर्ने जग्गाको मुआब्जा दिन सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएपछि मुआब्जा प्रक्रियामा जाँदा सडक निर्माण केही ढिला हुन पुगेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठ बताए । 

 

चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजनासहित अहिले धमाधम निर्माण कार्य भैरहेको उनले बताए । कालोपत्रका लागि गिट्टी राख्ने काम भैरहेको छ । अब छिट्टै सडकको निर्माण सम्पन्न हुने श्रेष्ठको विश्वास छ । 

 

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा उक्त सडकखण्डको निर्माणका लागि टेण्डर आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । 

 

दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत गर्ने यस सडकखण्डमा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेकाले सवारी एवं पैदलयात्रु आवतजावतमा समस्या पर्ने गरेको दक्षिणढोकाका स्थानीयवासी नानुमैयाँ खड्काले बताए । 

 

सडक नबन्दा व्यापार व्यवसाय गर्नेहरुका लागि त झन् धेरै समस्या छ । धुलोका कारण पहिलेको तुलनामा ८५ प्रतिशत व्यापार घटेको नारायणटार डेरीका भीमसेन सापकोटा बताउँछन् । अहिले व्यापार घटेर भाडा तिर्नै नपुग्ने अवस्था पुगेको भन्दै उनले सडक निर्माणमा तीव्रता दिन आग्रह गरे । 

 

महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार जोरपाटी, साँखु हुँदै मेलम्चीसम्म दैनिक २५० भन्दा बढी टिप्पर गुड्छन् । सडकको अवस्था नाजुक र गाडीको चाप अत्यधिक भएकाले प्रायः उक्त सडकखण्डमा सवारी दुर्घटना हुने गरेको प्रभागकी प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए। 

 

साँघुरो सडकमा भार बोकेका टिप्परले झनै धेरै धुलो उडाउने गर्छन् । यस अतिरिक्त दैनिक सयौंको सङ्ख्यामा अन्य सवारीसाधन गुड्दा वायु प्रदूषण बढ्छ नै । लामो समयदेखि धुलोको समस्या खेपेका शंखरापुरवासीको एउटै माग छ – सडक छिटो बनाइदेओस् । स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार लागोस् । 


थप समाचार

रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

  • 4 hours ago
रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

काठमाडौँ । टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासत मै राखेर अनुसन्धान गर्न फेरि पाँच दिनको म्याद थपिएको छ ।

निरन्तर ओरालोतर्फ नेप्से

  • 4 hours ago
निरन्तर ओरालोतर्फ नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से ओरालो लागेको छ । सोमबार उकालो लागेको भन्दा पनि बढी अङ्कले आज नेप्से ओरालो लागेको हो ।

‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

  • 4 hours ago
‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको बलियो सरकारसँग मिलेर नेपालको हितमा आर्थिक लाभ हुने गरी विभिन्न कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिइएकाे छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

काठमाडौं । आउँदो शुक्रबार श्रीकृष्ण जन्माष्टमी रहेको छ । श्रीकृष्णको जीवनका कैयौं यस्ता घटनाहरु रहेका छन्, जुन एकदमै रोचक रहेका छन् र यसको बारेमा सबै मानिसलाई थाहा नहुन पनि सक्छ ।

विचित्र विश्व

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एजेन्सी । स्कटिस काउन्सिल वेस्ट डन्बर्टशायरको एक विद्यालयमा नयाँ शैक्षिक शत्र सुरु हुन भन्दा अघि २५ जुम्ल्याहा बच्चाहरुले भर्ना गरेका छन् । उनिहरु सबैको कक्षा सोमबारदेखि सुरु भएको छ ।