IIMS College

ISMT

HUB Education

यसरी जोडिदैँछ एउटा व्यक्तिको शरिरमा अर्को व्यक्तिको टाउको !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । हामीले पुराणमा भगवान गणेशको शरिरमा हात्तिको टाउको जोडिएको कथा त सुनेका छौं । यो अवधारणालाई वास्तविक दुनिँयामा साकार गर्नको लागि इटालीका एक वैज्ञानिकले काम गरिरहेका छन् । 

 

यदि सबैकुरा योजनाअनुसार नै रह्यो भने यसै वर्षको डिसेम्बरमा ह्युमन हेड ट्रान्सप्लान्टको सपना वास्तविकतामा बदलिन सक्छ ।

 

कसले गर्नेछन् त मानव टाउको प्रत्यारोपण ?

 

इटालियन न्यूरो सर्जन सर्जियो क्यानाभेरो यो हेड ट्रान्सप्लान्ट गर्न गइरहेका छन् । उनको दावी छ कि उनले ३० वर्ष यो प्रक्रियामा रिसर्च गरेका छन् र अब आधुनिक मेडिकल साइन्सको मद्धतले उनी दुनियाको पहिलो ह्युमन हेड ट्रान्सप्लान्टको गर्नको लागि तयार हुनेछन् । 

 

यो ट्रान्सप्लान्ट ३१ वर्षका रसियन प्रोग्रामर भालेरी स्पिरिडोनोभमाथि गरिनेछ । उनी एक गम्भिर रोगको कारणले हिँडडुल गर्न र चल्न नसक्ने भएका छन् । उनले यस ट्रान्सप्लान्टका भोलेन्टियर बन्नको लागि सहमति दिएका छन् । 

 

ट्रान्सप्लान्टमा भालेरीको टाउको काटेर उनको शरिरबाट अलग गरिनेछ र उनको जस्तै नै कद काँठी र दोस्रो अनुकुल विशेषता भएका अर्को कुनै ब्रेन डेड व्यक्तिको शरिरमा लगाइनेछ । 

 

कसरी गरिने छ त टाउको प्रत्यारोपण ?

डाक्टर सर्जियोले ह्युमन हेड टान्सप्लान्टको यो पुरै प्रक्रियालाई दुई भागमा बाँडेका छन् । पहिलो प्रक्रियालाई उनले नाम दिएका छन् कि ‘हेवन’ र त्यस पछिको प्रक्रिया नाम रहेको छ ‘जेमिनी’ । यसको लागि दुई टिम बनाइने छ जसले डोनर र रिसिभरमाथि एकैसाथ काम गर्नेछन् । 

 

दुवै प्यासेन्टको गर्धनमा गहिरो चिरा लगाएर आर्टरीहरु नशा र स्पाइनललाई बाहिर निकालिने छ र जसरी इलेक्ट्रीक तार जोडिन्छ उसैगरि मांशपेशीलाई जोड्नको लागि कलर कोड बनाइने छ ।

 

प्यासेन्टको गर्धन काट्नको लागि दुई लाख डलर मुल्यको डायमन्ड न्यानोब्लेडको प्रयोग गरिनेछ । यो न्यानोब्लेड युनिभर्सिटी अफ टेक्सासले उपलब्ध गराउने छ ।

 

दुवै प्यासेन्टको गर्धन काटिएको एक घन्टा भित्रै भोलेन्टियरको गर्धनलाई डोनरको शरिरमा जोड्ने प्रोसेस सुरु हुनेछ । 

डोनरको शरिर जिँउदो राख्नको लागि उसलाई ट्युवको माध्यमबाट ब्लड सर्कुलेसन गराइनेछ । रगतको नलिमा १५ देखि ३० मिनेट सम्म विशेष किसिमको ग्लु लगाइनेछ र कच्चा टाँका लगाइदिइने छ ।

 

सबै नशाहरु र स्पाइनल कर्डलाई कोडिङ र मार्किङको हिसाबले जोडिनेछ । एक विशेष प्लाष्टिक सर्जन छालालाई सिलाउन र जोड्ने काम गर्नेछन् ।

 

पुरै प्रक्रियापछि नयाँ बन्ने शरिरलाई तीन दिन सम्म सर्भाइकल कोलर लगाएर आईसीयुमा राखिनेछ ।

 

खर्च, समय र म्यानपावर

यो अप्रेशन प्रक्रियामा लगभग ३६ घन्टा लाग्नेछ । पुरै अपरेशनको लागि करिब २० मिलियन डलर अर्थात दुई अरब नेपाली रुपैंया भन्दा बढि लाग्ने सम्भावना रहेको छ र यसमा लगभग १५० जना मानिसहरुको टिमले काम गर्नेछ जसमा डाक्टरहरु, नर्स, टेक्नेसियनहरु, साइकोलोजिस्ट र भर्चुअल रियालिटी  इन्जीनियर्स पनि समावेश हुनेछन् ।

 

कहाँ हुनेछ अपरेशन?

अहिलेसम्म अपरेशनको लागि कुनै देश वा अस्पतालको तय गरिएको छैन् तर सर्जन क्यानभेरोको अनुसार उनी इंग्ल्याण्डमा यो अपरशेन गर्न चाहन्छन् किनभने त्यहाँ उनलाई भरपूर समर्थन मिलिरहेको छ । 

 

यदि कुने कारणले इंग्ल्याण्ड सरकारले इजाजत दिएन भने उनी फेरि कुनै अर्कै देशमा अपरेशन गर्नेछन् । यो कुराको सम्भावना छ कि डाक्टर क्यानभेरो आफ्नो चाइनिज सहयोगी डाक्टर रेन जियाओपिङको साथमा मिलेर चीनमा यो अपरेशन गर्नेछन् । 

डाक्टर रेन जियाओपिङले एक वर्षअघि बाँदरको टाउको ट्रान्सप्लान्ट गरेका थिए र उनले डाक्टर केनाभेरोको साथमा मिलेर हजार भन्दा अधिक मुसामा यस खालको प्र्रयोग गरिसकेका छन् ।

 


थप समाचार

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ? १० हजार वर्षपछि आयो यस्तो सत्य

  • 6 minutes ago
के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव  ? १० हजार वर्षपछि आयो यस्तो सत्य

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न

ऋतिक र टाइगरको ‘वार’ले तीन सय करोड कमायो

  • 7 minutes ago
ऋतिक र टाइगरको ‘वार’ले तीन सय करोड कमायो

काठमाडौं । बलिउडका एक्शन अभिनेताद्वय ऋतिक रोशन र टाइगर श्रफसको फिल्म ‘वार’ले बक्स अफिसमा तीन सय करोडको कलेक्शन गर्न सफल बनेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ‘वार’ले तीन सय करोडको कलेक्शन गरेको

विश्वको सबैभन्दा लामो हवाईयात्राको रकर्ड राखेपछि...

  • 19 minutes ago
विश्वको सबैभन्दा लामो हवाईयात्राको रकर्ड राखेपछि...

एजेन्सी । विश्वमा पहिलोपटक एक यात्रुवाहक विमान बिनारोकावट १६००० किलोमिटरको यात्रा गरेको छ । यो विमान अमेरिकाको न्युयोर्क बाट अष्ट्रेलियाको सिड्नीसम्म उडेको थियो ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

वि.सं.२०७६ साल कात्तिक ०४ गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । काठमाडौंमा सूर्योदय ०६ बजेर ०७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ? १० हजार वर्षपछि आयो यस्तो सत्य

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव  ? १० हजार वर्षपछि आयो यस्तो सत्य

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।