च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

  • बिहीबार, ९ जेष्ठ, २०७६
  • 3 weeks ago
  • युके
Education Park

 

लण्डन । लन्डन वा विश्वका कुनै पनि ठाउँमा आयोजना हुने प्राय दौड प्रतियोगिताहरुमा च्यारिटी गर, सहयोग गर भन्दै पैसा संकलन गर्ने चलन छ । हरेक पटक कोहि दौडिंदा सहयोगको आव्हान गरिएको हुन्छ । तर बेलायतमा बस्दै आएका एकजना नेपाली पत्रकार भने च्यारिटीका नाममा हुने ठगी र भ्रस्टाचारविरुद्ध जनचेतना फैलाउने उदेश्यले दौडिने भएका छन् । 

 

यहि मे २७ मा आयोजना हुन लागेको लन्डनको एक प्रतिष्ठित दौड 'द भाइटिालिटी लण्डन १००००'  मा नेपाल पत्रकार महासंघ बेलायत शाखाका  सचिव तथा बेलायतबाट प्रकाशित अनलाइन मिडिया साउथ एसिया टाइमका सम्पादक जगन कार्की  च्यारिटी आतंक विरुद्ध जनचेतना फैलाउनेअभिप्रायले दौडिने भएका छन । 

 

साथै हृदय घात , मोटोपन , सुगर लगायत समस्या  नेपालीहरुमा अत्याधिक देखिएकोले यसबाट बच्न रोग लाग्न भन्दा अघि नै बचावटतर्फ ध्यान दिन पनि उनले आग्रह गरेका छन् । स्वास्थ्य र तन्दुरुस्तीका लागि  नियमित दौडिन र हरेक शनिवार नजिकैका पार्कमा हुने पार्क रनमा सहभागी हुन उनले दौडमार्फत सन्देश दिन खोजेका छन् । 

 

नेपाली परिवेशमा सामाजिक सञ्जालको विकाससँगै बढेको नाम मात्रको देखावटी च्यारिटीको विकृतिले राज्य संयन्त्रदेखि जनस्तरमा हुने यस्ता कामको कार्यान्वयन खड्किँदै आएको छ ।  

 

दौडको तयारीमा रहेका कार्कीका अनुसार सानातिना सरकारको ध्यान आकर्षण गराउदा हुने काम देखि ठुला परियोजनाकोे लागि च्यारिटी संकलन गरेर  सहयोग गर्ने प्रचलन आफैमा राम्रो भएतापनि यो प्रक्रियामा पारदर्शिता खड्किएको छ ।  जसलाई जे मन लागे पनि च्यारिटी भन्दै रकम संकलन गर्ने देखि भएका नभएका भावनात्मक कथा रचेर घरखेत बेचेर कमाउन खाडी मुलुकमा आएकाहरुलाई इमोसनल ब्ल्याकमेलेनिंग गरेर चन्दा असुल गर्ने अत्याधिक चलन रहेको पाइएको छ । च्यारिटी फ्रडको सबै भन्दा ठुलो शिकार खाडी , मलेसिया बस्नेहरु नै हुने गरेको पाइन्छ । 

 

असल भावनाले सहयोग गर्नेहरुलाई समेत मर्का पर्ने गरी च्यारिटीका नाममा खुलेआम भ्रस्टाचार हुने गरेका छन् । यसलाई रोक्ने काम असल नियतले च्यारिटी गर्नेहरुले नै हो ।  आधिकारिक र पारदर्शी माध्यमबाट च्यारिटी संकलन गर्नु उत्तम हुने र च्यारिटीमा सहयोग दिनेले पनि दर्ता भएका आधिकारिक संस्थाहरुलाई मात्र सहयोग गर्ने वा त्यसको उद्धेश्य र आधिकारिकता हेरेर मात्र दिनसके च्यारिटीको नाममा हुने आतंक बन्द हुने कार्कीको राय छ ।  

 

 चन्दा रकम उठाउने परिपाटी र माध्यम पारदर्शी र आधिकारिक हुन अत्यन्त जरुरी देखिएको बताउँदै उनले आधिकारिक दर्ता भएका संस्था र तीनको पारदर्शी प्रक्रिया ,  वेबसाइट, दर्ता रेकर्ड  नहेरी चन्दा नदिन र गलत परिपाटीलाई निरुत्साहित गर्न आव्हान पनि गरेका छन् ।  

चन्दा दिईसकेर कहाँ कसरी उपयोग भयो त्यो पनि हेर्न र खबरदारी गर्न जरुरी रहेको काकीृको ठहर छ ।  त्यसको लेखाजोखा गरिदिने जिम्मेवारी मिडियामा पनि रहने उनको धारणा छ । 

 

बेलायतमा भएका ठूला ठूला संस्थाहरुले पनि च्यारिटी गर्दा घाटा देखाउने गरेको , एउटा उद्धेश्यले उठाएको रकम अर्को कार्यमा लगाउने गरेको पाइएको छ । धेरै संस्थाहरु च्यारिटीमा दर्ता नभएको र गैरकानुनी रुपले नै चन्दा असुलीको काम हुने गरेको पनि देखिएको छ ।

 

सामाजिक सञ्जाल फेसबुकमा देखाउनका लागिमात्रै गरिने च्यारिटी हल्ला र फन्डाले नेपाली समाज आजित भएको छ । अझ सर्वसाधारण धेरै ठगिएका छन् । 

 

मागेर च्यारिटी संकलन गर्ने, यति रकम गरे भनेर आफुलाई सेलेब्रेटीको रुपमा प्रस्तुत गर्ने चलन पनि छ । आक्कल झुक्कल आफुसंग ठोक्किन आएका आकस्मिक घटना बाहेक १२ महिना,  १२ मास च्यारिटी माग्ने काम माग्ने र दिने दुवैलाई घातक छ । 

 

च्यारिटी जस्तो महान कार्यलाई पारदर्शी र नाम जस्तै पवित्रतापूर्वक प्रयोग गरिनु पर्दछ न कि कसैलाई नाम , दाम र इज्जत कमाउने भाँडो बनाउन । च्यारिटी सक्ने र लाईखाई बचेको रकम ईच्छाले दिने हो तर यहाँ कर गर्ने, नदिए रिसाउने र सामाजिक प्रेसर दिनेसम्मका  काम  हुने गरेका छन्  । 

 

एकातिर अमुल्य स्वयंसेवा गरेर गुमनाम बस्नेहरु छन् भने अर्कोतिर सहयोग भन्दा हल्ला बढी गरेर दानी देखाउनेहरु छन् । विश्वका विकसित देशहरुमा भईरहेका पारदर्शी अभ्यासहरुलाई हेरेर नीतिनियमले बाँध्ने सबै जना सचेत भएर लाग्ने हो भने च्यारिटीका नाममा खुलेका ठगीखाने संस्थाहरु बन्द हुने र सहि च्यारिटीले स्थान पाउने विश्वास कार्कीले व्यक्त गरेका छन् ।  

 

 

नेपाली समाजभित्र च्यारिटीका नाममा हुने गरेका विभिन्न ठगी र यसको समाधानका उपायहरुका विषयमा पत्रकार कार्कीले आफ्नो दौडमार्फत निम्नानुसारको जनचेतना फैलाउन खोजेका छन् । 

 

 

के हो र कसरी हुने गर्छ च्यारिटी फ्रड ?

 

अवैधानिक चन्दा असुली, नाम एउटा काम अर्कै गर्ने क्रियाकलाप ।

 

– उठेको रकम अन्तै प्रयोग गरी नक्कली बिल बनाउने र आँखामा छारो हाल्ने ।

 

– नाम च्यारिटी भनेर सहयोग उठाउने र काम अरु नै गरेर नक्कली बिल र तथ्य बनाई ठग्ने ।

 

– बैंक खाता, व्यक्तिगत डाटाको दुरुपयोग  ।

 

– च्यारिटी, पीडित मानवहरुका  संवेदना, विपद, प्रकोप जस्ता पीडाहरु  बेचेर व्यक्तिगत स्वार्थ पूरा गर्ने ।

 

– सानातिना काम गरी च्यारिटी गरें भनेर व्यापारीहरुले ठूला ठूला फोटो र प्रचार गरी मान्छे झुक्याएर ठगी गर्ने ।

 

– सामाजिक सञ्जालमा देखाउन फोटो मात्रै खिचेर गरिने नाम मात्रको च्यारिटी गर्ने ।

 

 

समाधानको उपाय के त ?

 

विदेशमा बसेका नेपालीहरुमाझ पनि  च्यारिटी कार्यक्रम लोकप्रिय भए पनि पारदर्शी कम हुने  गरेको छ ।

 

अनियमितता रोक्ने ठूलो उपाय भनेको जनचेतना र मिडियाबाट भन्डाफोर नै हो । खुलेआम ठगी गर्नेहरुलाई भने प्रहरी प्रशासनमा उजुरी नै उत्तम विकल्प हो ।  ठगी रोक्न हदैसम्मका सजायँ र कानुनी प्रावधान रहेका छन् ।

 

त्योभन्दा बढी जनस्तरको निगरानी पनि प्रभावकारी उपाय हुन सक्छ । नेपाली समुदायमा  च्यारिटीलाई फेसनका रुपमा बढाइँदैछ । यसलाई रोकेर  असल कर्मका रुपमा प्रबद्र्धन गर्नु टड्कारो आवश्यकता देखिएको छ ।

 

विकसित देशहरुको उत्तम अभ्यास हेर्दा च्यारिटी ठगी नियन्त्रण गर्ने प्रहरी प्रशासनमा छुट्टै सेल भएको, च्यारिटी साँचो भए नभएको हेर्ने र निगारानी गर्ने वेबसाइट र संस्थाहरु साथै च्यारिटी घोटालाविरुद्ध जनचेतना अभियानहरु चलिरहने गरेको पाइन्छ । 

 

नेपालमा पनि प्रहरी र समाज कल्याण मन्त्रालयले विभिन्न कानुनी दायरा  बनाइ आएको देखिन्छ तर कार्यन्वयन हुन सकेका छैनन् ।  

 

च्यारिटीमा आफ्नै संस्थाका साथीहरुले गरको भएपनि भन्डाफोर गरेर वा तपाइँहरुका नाम गोप्य राखेर मिडियालाई सूचना दिएर ठगी वा घोटाला रोक्न सकिन्छ । 

 

साँचो अर्थमा शुद्ध मनले च्यारिटी गर्नेलाई फ्रड च्यारिटीले बदनाम गर्ने परिपाटी रोक्न यस्ता समाज सेवाका कामहरुमा कति सहयोग उठ्यो, खर्च, लागत काटेर सम्बन्धित सेवा वा च्यारिटी मिसनमा कति रकम कसरि पुग्यो भन्ने विश्वासिलो सूचना दिन जरूरी छ । सबै  असल भावना भएका समाजसेवी, व्यापारी र कल्याणकारी व्यक्ति एवं संस्थाहरुलाई यो एउटा चुनौती थपिएको छ ।

 

 


थप समाचार

भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

  • 15 minutes ago
भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

खार्तूम । सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई आइतबार खातूमस्थित अभियोजनकर्ताको कार्यालयमा उपस्थित गराइएको छ । उनीमाथि लागेका भ्रष्टाचार तथा अवैधरूपमा विदेशी मुद्रा लुकाएको आरोप लगाइएको छ ।

कोपा अमेरिकामा उरुग्वेद्वारा इक्वेडर पराजित

  • 20 minutes ago
कोपा अमेरिकामा उरुग्वेद्वारा इक्वेडर पराजित

काठमाडौँ । उरुग्वेले इक्वेडरलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न कोपा अमेरिका अन्तर्गतको खेलमा उरुग्वेले इक्वेडरमाथि ४–० गोलको जित निकालेको हो ।

हाई भोल्टेज गेममा भारतद्वारा पाकिस्तान ८९ रनले पराजित

  • 31 minutes ago
हाई भोल्टेज गेममा भारतद्वारा पाकिस्तान ८९ रनले पराजित

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत हाई भोल्टेज गेममा भारतले पाकिस्तानलाई ८९ रनले पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई डीएल पद्दतिको आधारमा ८९ रनले पराजित गरेको हो



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।

विचित्र विश्व

गाजरमा हिराको औँठी !

गाजरमा हिराको औँठी !

एजेन्सी । एक महिलाले सन् २००४ मा हराएको हिराको औंठी भेटियो त्यो पनि गाजरमा बेरिएको अवस्थामा । क्यानडाको अल्बर्टाकी मेरी ग्राम्सको हिराको औँठी झण्डै १५ वषअघि हराएको थियो । हराएको यति लामो समयसम्म समेत नभेटिएपछि उनले औँठी भेटिने आश मारिसकेकी थिइन् । तर, हालै उनले उक्त औँठी आफ्नै बगैँचामा फेला पारेपछि उनी मात्रै होइनन् यो समाचार सुन्ने सबै अचम्ममा परेका छन् ।