च्याउखेती गरेर एक सफल उद्यमी बनिन् तुलसा

  • मंगलबार, १९ भदौ, २०७५
  • 2 months ago
  • अर्थ

दाङ ।  तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५५ वर्षीया तुलसा बुढामगर व्यावसायिक रुपमा च्याउखेती गरेर एक सफल उद्यमी महिलाको रुपमा आफूलाई चिनाउन सफल भएकी छिन् । 

 

डेढ दशकदेखि सो पेशा अङ्गालेकी उनले अहिले च्याउ उद्योग खोलेर चार जनालाई रोजगारी दिनुका साथै वार्षिक रु सात लाख बचत गर्न सफल भएकी छिन् । 

 

शुरुका वर्षमा गङ्गामाला च्याउ समूह खोलेर च्याउखेतीको शुरुवात गरेकी उनले अहिले आफनै च्याउ प्रशोधन केन्द्रसमेत सञ्चालन गरेकी छिन् । चौध वर्ष स्वयंसेविका भई सेवा गरेकी तुलसा जिल्ला भ्रमणमा गएको बेलामा चितवनमा गरेको च्याउखेती देखेपछि आफू यसतर्फ आकर्षित भएको बताउछिन् । 

 

विसं २०६० मा आफूले पहिलोपटक गाउँका ११ जना महिलालाई आबद्ध गराएर गङ्गामाला च्याउ समूह गठन गरी गाउँमा एक कच्ची घर भाडामा लिएर सामूहिक च्याउखेती शुरु गरेको उनले सुनाइन् ।

 

 तीन वर्षसम्म समूहबाट भएको आम्दानीले गाउँमा एक कठ्ठा जमीन किनेर महिलाले आफ्नै श्रमदान र लगानीले पक्की घर बनाएर अहिले समूहमा आवद्ध महिला त्यसमा च्याउखेती गरिरहेका छन् । 

 

उनले भनिन्, “अहिले भने आफूले आफ्नै च्याउ उद्योग तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याएकी छु । जिल्लामा हुने प्रायः सबै ठाउँमा च्याउखेतीको बारेमा तालीम दिन प्रशिक्षक भएर जाने गरेकी छु ।” 

 

रु तीन लाखबाट आफ्नो निजी च्याउ उद्योगको शुरुवात गरेको बताउने उनले अहिले झण्डै रु एक करोड मूल्य बराबरको लगानी गरेर पक्की घर तथा च्याउखेतीको लागि आवश्यक सामग्री जोड्नसमेत सफल भएकी छिन् । 

 

उहाँलाई उत्कृष्ट महिला उद्यमी भनि साना तथा मझौला उद्योगबाट निःशुल्क रुपमा च्याउ प्रशोधन मेसिनसमेत प्राप्त भएको छ । “शुरुशुरुमा गाउँघर, छरछिमेक तथा आफन्तले महिला भएर पनि कति दिनभरि बाहिर डुल्छे घरमा कहिलै नबस्ने भन्दै उहाँलाई नराम्रो दृष्टिकोणले कुरा काटेको सुन्दा उहाँको मन खिन्न हुन्थ्यो । ‘‘तर पनि ती कुरालाई कुनै महत्व दिइन” उनले भनिन्। 

 

मनमनै सोच्थे म पनि कुनै दिन मेहनत गरेर एक सक्षम महिला उद्यमी हुन्छु, आर्थिक रुपमा आफै आत्मनिर्भर हुन्छु विगतका दिनलाई स्मरण गर्दै उनी भन्छिन् । दुई सन्तानकी आमा र सामान्य लेखपढ गरेकी तुलसालाई उनका श्रीमान्को साथ सहयोग भने सधैँ नै रहेको छ । 

 

तुलसाले जिल्ला तथा केन्द्रीयस्तरका पुरुस्कारसमेत प्राप्त गरिसक्नु भएको छ । यसपटक पनि उनीलाई तुलसीपुर उपमहानगरपालिले केही दिन अगाडि उत्कृष्ट महिला उद्यमी भनि पुरस्कृत गरेको थियो । कृषि विकास कार्यालय दाङ, लघुउद्यम कार्यालय दाङले पनि उनलाई सहयोग गदै आएको छ । 

 

अहिले उनले उत्पादन गर्ने ताजा च्याउ, च्याउको अचार, सुकुटी दाङ तथा जिल्ला बाहिरका ठूलाठूला शहरमा जाने गरेको छ । 

 

तर उनको अबको चाहना आफूले उत्पादन गरेको सामग्री अन्तर्राष्ट्रिय बजारसम्म प¥ुयाउने रहेको छ । उहाँले बजारका लागि सबैसँग सहयोगको अपेक्षा समेत गरेकी छिन् । 

 

अहिले उनले ताजा च्याउप्रति केजी रु १८० देखि २०० सयसम्म, सुकुटी गराएको च्याउ प्रतिकेजी २५० देखि २८० सम्म र अचारप्रति केजी रु ४०० देखि रु ५०० मा बिक्री गदै आएकी छिन् । 

 

सेवाग्राही उनको उद्योगमा च्याउ किन्न आफै जाने गरेका छन् । कडा परिश्रम पनि गर्न नपर्ने, स्वास्थ्यको दृष्टिकोणले पनि फाइदाजनक मानिने च्याउखेती यहाँ लोकप्रिय छ । 

 

उनी भन्छिन्, “धेरै महिला तथा पुरुष अहिले बेरोजगारी भए भन्दै विदेश जाने गर्नुहुन्छ । आफनै गाउँठाउँमा थोरै लगानीमा यस्ता आयआर्जनमूलक व्यवसाय गरे यही आत्मनिर्भर हुन सकिन्छ ।” 

 

उनी भन्छिन्, “मेहनतका साथ काम गर्नेहो भने स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिन्छ ।” सधैँ चुलो चौकामा मात्र सीमित रहने परम्परालाई तोड्दै उनले गरेको कामको सिको अरु महिलाले पनि गर्ने हो भने महिलाको आर्थिक सशक्तीकरणमा ठूलो टेवा पुग्दछ । 

 


थप समाचार

घुस दिन नसकेको जनाउँदै वीर अस्पतालका डाक्टरले दिए राजीनामा

  • 4 minutes ago
घुस दिन नसकेको जनाउँदै वीर अस्पतालका डाक्टरले दिए राजीनामा

काठमाडौं । वीर अस्पतालका वरिष्ठ न्यूरो सर्जरी युनिट प्रमुख डा. ध्रुव अधिकारीले चाकडी गर्न र घुस दिन नसकेको जनाउँदै पदबाट राजीनामा दिएका छन्।

कोरला नाकामा भन्सार कार्यालय बनाउँदै चीन

  • 6 minutes ago
कोरला नाकामा भन्सार कार्यालय बनाउँदै चीन

काठमाडौं । मुस्ताङको कोरला नाकामा चीनले क्वारेन्टाइन, भन्सार लगायत कार्यालय स्थापना गर्न पूर्वाधार निर्माण अघि वढाएको छ।

शान्ति प्रक्रियाका १२ वर्षः राहतमा मात्र १८ अर्ब रुपैयाँ खर्च

  • 10 minutes ago
शान्ति प्रक्रियाका १२ वर्षः राहतमा मात्र १८ अर्ब रुपैयाँ खर्च

काठमाडौं । तत्कालीन माओवादीले सञ्चालन गरेको दसवर्षे जनयुद्धको दीर्घकालीन समाधानका लागि सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष भयो।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।