सरकारकाे नीति तथा कार्यक्रममा दम्भकाे भाषा देखियाे : वृशेषचन्द्र लाल

सांकेतिक तस्वीर

काठमाडौँ । राष्ट्रियसभा सदस्य वृशेषचन्द्र लालले दम्भकाे भाषामा सरकारकाे नीति तथा कार्यक्रम अाएकाे गुनासाे गरेका छन् ।

 

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबार संसद्को दुवै सदनमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल थाल्न प्रस्ताव गरेपछि उक्त प्रस्तावमाथि आफ्नो धारणा राख्दै सदस्य लालले यस्तो बताएका हुन् ।

 

सरकारकाे नीति तथा कार्यक्रम महत्वाकांक्षी र अंकगणीतिय खेल भएकाे बताउँदै सदस्य लालले भने, 'दम्भकाे भाषामा नीति तथा कार्यक्रम अाएकाे छ । संविधान संशाेधनकाे विषय पनि नीति तथा कार्यक्रममा समेटिनुपर्छ ।'

 

त्यस्तै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य बनेका सुरेन्द्रराज पाण्डेले सरकारकाे नीति तथा कार्यक्रममा नीति मात्रै आएको तर कुनै पनि कार्यक्रम र समयावधि नतोकिएको बताएका छन् ।

 

पाण्डेले नीति तथा कार्यक्रम स्पष्ट नभएको भन्दै विकासका लागि साधन र स्रोतका विषय खुलाउनुपर्नेमा जोड दिए । 

 

त्यस्तै, सदस्य प्रमिला कुमारीले जनसंख्या र मानव विकास सूचकांकलाई आधारमा बनाएर साधन र स्रोतको बाँडफाँड गरिनुपर्नेमा नीति तथा कार्यक्रमले जोड दिनुपर्ने सुझाव दिइन् । 

 

संघीयता कार्यान्वयनका लागि नीति तथा कार्यक्रम अनुदार रहेको भन्दै उनले मधेशका जिल्लामा रहेको गरिबी र अशिक्षालाई ध्यानमा राखेर कार्यक्रम ल्याइनुपर्नेमा जोड दिइन् । 

 

तीनै सदस्यले सरकारको नीति तथा कार्यक्रमको संशोधनको माग गर्दै आ–आफ्नो धारणा राखेका हुन् ।


थप समाचार

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिस हुने देशहरु

  • 8 minutes ago
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिस हुने देशहरु

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ ।

सुनको भाउ तोलामा ५ सयले बढ्यो

  • 9 minutes ago
सुनको भाउ तोलामा ५ सयले बढ्यो

काठमाडौँ । आज सुनको भाउ बढेको छ । आज छापावाला सुन तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो । आजको भाउ आइतबारको भन्दा तोलाको ५ सय रुपैयाँले बढेको हो ।

कैलालीमा बसको ठक्कर र आगलागीबाट एक/एक घाइते

  • 21 minutes ago
कैलालीमा बसको ठक्कर र आगलागीबाट एक/एक घाइते

कैलाली । कैलालीको घोडाघोडीमा बसको ठक्करबाट एकजना आज बिहान एक साईकलयात्री गम्भीर घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से १ क १९९५ नम्बरको बसले घोडाघोडी नगरपालिका–२ को पाण्डे चोकस्थित ठक्कर



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।