Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसुन काण्डमा क–कस्को मिलेमतो छ भन्ने कुरा निष्पक्ष छानबिन हुनुपर्छ: सभापति लामिछाने

सुन काण्डमा क–कस्को मिलेमतो छ भन्ने कुरा निष्पक्ष छानबिन हुनुपर्छ: सभापति लामिछाने


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् नियमित सञ्चालन हुनुपर्ने बताउनुभएको छ । मंगलबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले संसद् अवरुद्ध गरेर राजनीतिक निकाश ननिस्कने बताए ।

उनले भने, “पछिल्ला घटनाका विषयमा संसद्मा प्रर्याप्त छलफल हुनुपर्छ, सरकार र गृहमन्त्रीले दिने जवाफ चित्त बुझ्दो नभए निकास खोज्नुपर्छ ।” उनले सुन प्रकरणका विषयमा आवश्यकताका आधारमा उच्चस्तरीय छानबिन समिति र संसदीय समिति बनाउन सकिने बताए । रास्वपाले संसद्को बैठकमार्फत सरकारलाई प्रश्न गर्न चाहेको भन्दै उनले सबै कुरा संसद्मै छलफल हुनुपर्ने धारणा राखे ।

सुन काण्डमा मिलेमतो देखिए पनि कोकस्को मिलेमतो छ भन्ने कुरा निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ छ । सरकारका काम सुरुआतमा राम्रो भएको तर गतिविधिमा शङ्का उत्पन्न भएको भन्दै उनले मन्थन गर्ने, प्रश्न र जवाफ माग्ने र टेबल ठोक्ने ठाँउ संसद् मात्रै भएको बताए । सभापति लामिछानेले संसद्मा महत्त्वपूर्ण ऐनहरु अड्केर बसेको भन्दै जनजीविकाका सवालमा संसद्बाट महत्त्वपूर्ण निर्णय गर्नुपर्ने आवश्यकता रहेको बताए ।

चितवन–२ का सांसदसमेत रहेका लामिछानेले आफू निर्वाचित भएको सय दिन पुगेको अवसरमा चितवनमा बुधबार विशेष प्याकेजका कार्यक्रमको घोषणा हुने बताए । उनले आफ्नो निर्वाचन क्षेत्रलाई देशकै मोडलको रुपमा विकास गर्न लागेको भन्दै नागरिकलाई राहत दिने योजना ल्याइने जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे

योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् ।

इलाम र बझाङमा ६९ मतदान केन्द्र अतिसंवेदशील

काठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा र बझाङ–१ मा शनिबार हुने उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको

धनुषाको औरहीमा झडप, अश्रुग्यास प्रहार

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच

Techie IT