Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसर्वदलीय बैठक बुधबार बिहान ११ बजे बस्ने

सर्वदलीय बैठक बुधबार बिहान ११ बजे बस्ने


काठमाडौँ। आज मंगलबार बस्ने भनेको सर्वदलीय बैठक भोलि बिहानसम्मका लागि स्थगित भएको छ।

सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग बनाउने आधार तय गर्न भन्दै बनाइएको कार्यदलले मस्यौदा बुझाउने र सर्वदलीय बैठकले त्यसलाई अन्तिम रूप दिने भन्दै आजलाई बोलाइएको सर्वदलीय बैठक बुधबार बिहान ११ बजे बस्न लागेको हो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।

अन्य नेताहरू सर्वदलीय बैठकस्थलमा उपस्थित भएका थिए। तर, ओली आउन ढिला गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले ओलीलाई दुई पटक टेलिफोन गरेको र ओली विरामी भएर आउन नसक्ने भएपछि भोलिसम्मलाई स्थगित गरिएको नेम्वाङले जानकारी दिए।

मंगलबारको बैठकमा कार्यदलले मस्यौदा बुझाउने र सर्वदलीय बैठकले त्यसलाई अन्तिम रूप दिने सोमबार रातिको सर्वदलीय बैठकमा सहमति जुटेको थियो। सोमबार सत्ता र प्रतिपक्षी दलहरूले सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग बनाउने सहमति गरेका थिए।

मंगलबार जाँचबुझ आयोग बनाएर सदन चलाउने भने पनि संसद् बैठक पनि सूचना टाँसेर बुधबारसम्मका लागि स्थगित गरिएको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे

योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् ।

इलाम र बझाङमा ६९ मतदान केन्द्र अतिसंवेदशील

काठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा र बझाङ–१ मा शनिबार हुने उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको

धनुषाको औरहीमा झडप, अश्रुग्यास प्रहार

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच

Techie IT