Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियसन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने ओईसीडीको प्रक्षेपण

सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने ओईसीडीको प्रक्षेपण


एजेन्सी । सन् २०२३ मा विश्वअर्थतन्त्र २.७ प्रतिशत र सन् २०२४ मा २।९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण बुधबार आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले गरेको छ ।

“ऊर्जाको कम मूल्यले घरायसी बजेटमा तनाव कम गरिरहेको छ, व्यापार र उपभोक्ताको भावना कम स्तरबाट भए पनि सुधार भइरहेको छ, र कोभिड महामारीपछि पुनः सामान्य अवस्थामा फर्किएको चीनका कारण विश्वव्यापी गतिविधिलाई बढावा दिएको छ,” ओईसीडीले भनेको छ ।

युरो क्षेत्रमा घट्दो मुद्रास्फीतिले वास्तविक आय बढाउन मद्दत गर्नेछ र सन् २०२३ मा ०.९ प्रतिशतबाट २०२४ मा १.५ प्रतिशतमा जीडीपी वृद्धिमा योगदान पुर्याउनेछ ।

सन् २०२३ मा संयुक्त राज्य अमेरिकाको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर १.६ प्रतिशत रहने अनुमान गरिएको छ भने सन् २०२४ मा यो १ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, “मुद्रास्फीति अझै नाजुक छ र जोखिमहरू नकारात्मक तर्फ झुकेका छन्, एक प्रमुख चिन्ता भनेको मुद्रास्फीति अपेक्षा गरिएको भन्दा बढी रहन सक्छ ।”

विश्वका विभिन्न १९ मुलुकसहित युरोपेली सङ्घसहितको समूह जी–ट्वन्टी अर्थतन्त्रमा वार्षिक उपभोक्ता मूल्य (मुद्रास्फीति) सन् २०२२ मा ७.८ प्रतिशतबाट घटेर सन् २०२३ मा ६.१ प्रतिशत र सन् २०२४ मा ४.७ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ ।

आर्थिक वृद्धिका लक्ष्यहरू कायम राख्न, ओईसीडीले देशहरूलाई उनीहरूको वित्तीय नीतिहरू समायोजन गर्न र दिगो विकासलाई बढावा दिन सिफारिस गर्दछ ।

प्रतिवेदनमा ओईसीडीका महासचिव म्याथियास कोरम्यानले आर्थिक पुनः उत्थान पहिलेको तुलनामा केही बढी आशावादी रहेको बताएका छन्, तर अर्थतन्त्रको हरित र डिजिटल रूपान्तरणलाई सुरक्षित गर्दै उत्पादकत्व बढाउन संरचनागत सुधारलाई प्राथमिकता दिन जरूरी रहेको उनको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT