आइतबार वेल्समा एनआरएन यूकेको राज्य परिषद गठन हुने

  • बिहीबार, ३१ जेष्ठ, २०७५
  • 7 months ago
  • युके

लण्डन । एनआरएन यूकेले यहि आइतबार जुन १७ तारिखका दिन वेल्समा राज्य समन्वय परिषद गठन गर्ने भएको छ । 

 

एनआरएन यूकेअन्तर्गत बेलायतका चार वटै राज्यमा समन्वय परिषद गठन गर्ने अभियानमा वेल्समा परिषद गठन गर्न लागिएको हो । 

 

एनआरएन यूकेले बुधबार सांझ लण्डनको साउथ ह्यारोस्थित हिमालयन किचनमा एक पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गरायो । 

 

त्यसअवसरमा एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले संस्थालाई बेलायतमा बस्ने सम्पुर्ण नेपालीहरुको साझा संस्था बनाउने प्रयासमा सबै राज्यमा परिषद गठन गर्न लागिएको बताए । 

 

एनआरएन यूकेका उपाध्यक्ष तथा राज्य समन्वय विभाग प्रमुख ललित न्यौपानेले सबै राज्यहरुमा रहेका स्थानीय नेपाली संघसंस्थाहरुको सहयोगमा परिषद गठनको काम भइरहेको जानकारी दिए । 

 

महासचिव आरके त्रिपाठीले एनआरएन यूकेले बेलायतका सबै नेपालीहरुलाई समेट्ने अभियानलाई प्राथमिकतामा राखेको बताए । वेल्स राज्य समन्वय परिषद गठन समितिका संयोजक प्रभु न्यौपानेले कार्यक्रममा सहभागी भइदिन वेल्सस्थित सम्पुर्ण नेपालीहरुलाई आग्रह गरे । 

 

पत्रकार सम्मेलनमा एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्य, प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घले र संरक्षक योगेन क्षेत्रीले एनआरएन यूकेलाई बेलायतका सबै क्षेत्रका नेपालीहरुमाझ बिस्तार गर्ने लामो समयदेखिको योजना राज्य समन्वय परिषदहरुको गठनसंगै पूरा हुने भन्दै खुशी व्यक्त गरे । 

 

एनआरएन यूकेले यसअघि नै नर्दन आयरल्याण्डमा आफ्नो राज्य समन्वय परिषद गठन गरिसकेको छ भने वेल्सपछि इंग्ल्याण्ड र स्कटल्याण्डमा पनि अर्को महिना परिषद गठन गर्ने तयारी छ । स्कटल्याण्डको परिषद गठन जुलाई २ मा र इंग्ल्याण्डको परिषद गठन जुलाई १५ मा गर्ने कार्यक्रम  छ ।

 

 

तस्बिरहरु : शिव भण्डारी 


थप समाचार

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

  • 8 minutes ago
चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

मन्ट्रीयल । क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच

बेलयातमा एकाएक फेरिएको राजनीतिक तरंग, प्रधानमन्त्री मेमाथि नैतिक दबाब

  • 17 minutes ago
बेलयातमा एकाएक फेरिएको राजनीतिक तरंग, प्रधानमन्त्री मेमाथि नैतिक दबाब

लन्डन । बेलायतको संसदले प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन (इयू) सँग गरेको बहिर्गमन (ब्रेक्जिट) सहमतिलाई अस्वीकृत गरेको छ । स्थानीय समयअनुसार मङ्गलबार राति भएको उक्त मतदानमा ब्रेक्जिटको विपक्षम

सचिव कुट्ने मन्त्रीलाई बर्खास्त गर्न काँग्रेसकाे माग

  • 27 minutes ago
सचिव कुट्ने मन्त्रीलाई बर्खास्त गर्न काँग्रेसकाे माग

जनकपुरधाम । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीनन्द्रराज जोशीले प्रदेश नंं २ का आर्थिक मामिला मन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको तत्काल यथार्थ सार्वजनिक गर्न माग गरेका छन् ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।