Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियजापानका प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्नेविरुद्ध हत्या अभियोग

जापानका प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्नेविरुद्ध हत्या अभियोग


टोकियो। जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोग लगाएको छ।

गत वैशाखमा पश्चिमी जापानमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्रीमाथि विष्फोटक पदार्थयुक्त उपकरणले आक्रमण गरेका २४ वर्षीय रियुजी किमुराविरुद्ध हत्या अभियोग लगाइएको उक्त मुद्दा हेरिरहेको अदालतका प्रवक्ताले बताएकी छन्।

पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको एक वर्ष पनि नपुग्दै प्रधानमन्त्री किसिदामाथि आक्रमण भएको थियो। वाकायामा जिल्ला अदालतका प्रवक्ताले एएफपी किमुरालाई हत्या अभियोग लगाइएको बुधबार बताइन्।

आक्रमणपछि प्रहरीले खोजी गर्दा किमुराको घरमा बारूद, पाइपलगायत उपकरण फेला परेका थिए।

हत्या आरोप लगाइनुअघि करिब तीन महिनासम्म किमुराको मनोवैज्ञानिक परीक्षण गरिएको थियो। यसअघि किमुराले निर्वाचनमा भाग लिने देशको न्यूनतम उमेरप्रति असन्तुष्टि जनाउँदै सरकारविरुद्ध मुद्दा दायर गरेका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT