Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियआसियान बैठकमा वरिष्ठ चिनियाँ कूटनीतिज्ञ सहभागी हुँदै

आसियान बैठकमा वरिष्ठ चिनियाँ कूटनीतिज्ञ सहभागी हुँदै


एजेन्सी । आगामी बिहीबारदेखि इन्डोनेसियाको राजधानी जाकार्तामा आयोजना हुने दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान)का विदेशमन्त्रीहरूको बैठकमा वरिष्ठ चिनियाँ कूटनीतिज्ञले भाग लिने भएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक वाङ यीले आसियान–चीन विदेश मन्त्रीहरूको बैठक, आसियान ‘प्लस थ्री’ विदेश मन्त्रीहरूको बैठकमा भाग लिने परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले मङ्गलबार घोषणा गरेका छन् ।

बैठकको एउटा मुख्य विषय सदस्य देश म्यान्माको सङ्कट समाधान, त्यस निम्ति त्यहाँको सैन्य सरकारलाई वार्तामा बोलाउने रहेको फ्रान्सेली समाचार समिति एएफपीले जनाएको छ । विद्रोहमा उत्रिएका म्यान्माका नागरिकलाई सैनिक सरकारसँग वार्तामा बस्न कसरी संलग्न गराउने भन्नेमा मत विभाजित रहेको छ ।

दुई वर्षअघि निर्वाचित नेत्री आङ सान सुचीको सरकारलाई अपदस्थ गरी सत्तामा आएको सैनिक सरकारप्रति असहमति जनाउनेलाई अमानवीय ढङ्गले दबाएपछि म्यान्मामा घातक हिंसाका घटना बढिरहेका छन् । सदस्य राष्ट्र भइरहेको रत्तपातलाई बेवास्ता गरेकामा आसियानलाई बेकामे सङ्गठनका रुपमा केही पश्चिमा सरकारले आलोचना गर्दै आएका छन् । यो सङ्गठन सङ्कट समाधान गर्ने कूटनीतिक प्रयासमा पनि विभाजित छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT