भारतीय रेलसेवाले कन्डम र सेनिटरी प्याड बाँड्ने

नयाँदिल्ली । राज्यद्वारा सञ्चालित भारतीय रेल सेवाले यात्रुहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम र महिलाले प्रयोग गर्ने सेनिटरी प्याड वितरण गर्ने भएका छन् । 

 

देशैभरि रहेका रेल चढ्ने स्थान, रेल वे स्टेशनबाट कण्डम र प्याड बाँड्ने निर्णय भएको अधिकारीले शनिबार जानकारी दिएका छन् । 

 

भारतमा एचआइभी एड्सको संक्रामक अवस्था दू्रत गतिमा रहेकोले सुरक्षित यौन सम्बन्धका लागि कन्डोम र महिला स्वास्थ्यको अवस्थामा सुधारका लागि महिलाले प्रयोग गर्ने सेनिटरी प्याड बितरण गर्ने कार्यक्रम भारत सरकारले हालैमात्र पारित गरेको एकजना स्वास्थ्य अधिकारीले जनाएका छन् । 

 

“एउटा नयाँ शौचालय नीति अन्तर्गत भारतीय रेल सञ्चालक बोर्डले यस्तो निर्णय गरेको हो,” एक सरकारी अधिकारीले भने । 

 

भारतको उत्तरदेखि दक्षिणसम्म फैलिएको भारतीय रेल सेवाको सञ्जाल विश्व मै सबैभन्दा ठूलो रेल सञ्जालका रुपमा रहेको लिइन्छ । 

 

भारतीय सबै रेल सेवाका यात्रु बाहक रेलले प्रतिदिन दुई करोड तीस लाख यात्रुलाई सेवा दिने गरेका छन् । 

 

अत्याधिक मात्रामा यात्रुको चाप रहेको, भारतमा रेल सेवा कम्पनी पुराना भएको र परम्परागत तथा पुरानै सामग्री ती रेल सेवामा प्रयोग हुने भएकाले भारतमा रेल सेवामा यात्रुले ठूलो दुःख कष्ट र दुर्घटनाको सामना गरिरहनुपरेको बताइन्छ । 


थप समाचार

माइक्रो चालक र सहचालकले फ्लोरेसेन्ट ज्याकेट लगाउन थाले

  • 13 minutes ago
माइक्रो चालक र सहचालकले फ्लोरेसेन्ट ज्याकेट लगाउन थाले

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले शनिबारदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात व्यवसायी र

बद्री पंगेनीले टेलिभिजनमा कार्यक्रम चलाउने

  • 23 minutes ago
बद्री पंगेनीले टेलिभिजनमा कार्यक्रम चलाउने

काठमाडौं । नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटीभी प्लसले यसै महिनादेखि प्रत्येक हप्ताको सोमबार लोकदोहोरी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सांसद आलेको नामको फेसबुकबाट यस्तो ठगी धन्दा

  • 32 minutes ago
सांसद आलेको नामको फेसबुकबाट यस्तो ठगी धन्दा

डोटी । डोटीमा सांसद प्रेम आलेको नक्कली फेसबुक अकाउन्ट बनाएर ठगी भएको खुलेको छ । आफ्नो नाममा भएको समस्या लिएर हालै सांसद आले प्रहरीमा पुगेका छन ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

सफल जीवनः जब ज्याक मा ३० ठाउँमा अस्विकृत भए

सफल जीवनः जब ज्याक मा ३० ठाउँमा अस्विकृत भए

सेप्टेम्बर १०, १९६४० मा जन्मेका मा युँ व्यावसायिक रूपमा ज्याक मा को नामबाट प्रसिद्ध, एक चिनियाँ व्यवसायी तथा अलिबाबा समूहको सस्थापक तथा कार्यकारी अध्यक्ष हुन् । उनी फोर्ब्स को आवरणमा आउने पहिलो मुख्य भूमिका चिनियाँ उद्यमी हुन् ।

विचित्र विश्व

विश्वका यी ६ अचम्मका ठाँउहरु जहाँ सुर्य कहिल्यै अस्ताउँदैन...

विश्वका यी ६ अचम्मका ठाँउहरु जहाँ सुर्य कहिल्यै अस्ताउँदैन...

एक दिनमा १२ घण्टा दिउँसो र १२ घन्टा राति हुन्छ भन्ने सामान्य कुरा त हामि सबैलाई थाहा भएकै कुरा हो तर विश्वमा केही यस्ता ठाँउहरु पनि छन् जहाँ चौबिसै घण्टा दिउँसो हुन्छ ।