Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यसाहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा

साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा


काठमाडौँ । साहित्यकार योगेन्द्र तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा गरिएको छ । काठमाडौँको धापासीस्थित ‘ह्वाइट माउन्टेन स्कुल’मा आयोजित एक कार्यक्रममा उक्त उपन्यासबारे परिचर्चा गरिएको हो ।

प्रा डा शैलेन्दुप्रकाश नेपाल तथा साहित्यकार, समालोचक ज्ञानु अधिकारीले विद्यार्थी र शिक्षकमाझ उपन्यास ‘अक्कर’बारे परिचर्चा गरेका हुन्। प्रा डा नेपालले अक्कर उपन्यास सामाजिक र पारिवारिक विषय वस्तु समेटिएको उत्कृष्ट कृति भएको बताए ।

उनले भने– “उपन्यास पढ्दै गर्दा त्यसभित्र मैले आफूलाई भेटे, उपन्यासमा गाउँ÷ठाउँ र शहरबीचको यथार्थ तथा फरकपनलाई देखाइएको छ । गाउँलाई बाहिरबाट हेर्दा दुःख देखिन्छ । तर आन्तरिक रूपमा गाउँ निकै खुसी छ, शहर बाहिरबाट हेर्दा खुसी र सुखी देखिए पनि दुःखी छ ।” पुस्तक सरल र सहज भएकाले पाठकले सजिलै बुझ्ने उहाँको भनाइ छ ।

उपन्यासको समिक्षा गर्दै साहित्यकार तथा समालोचक अधिकारीले पुस्तक पढ्दा साहित्य र शब्दमाथि गर्व लागेको बताए । उनले भने– “प्रकृति र परिवेशको उत्कृष्ट चित्रणले उपन्यास सुन्दर बनेको छ, यो पढ्दा चलचित्र हेरेको अभास हुन्छ ।” उपन्यासमा पुरूष पात्रलाई केन्द्रमा राख्नु सकारात्मक र अन्य उपन्यासभन्दा फरक पाटो भएको अधिकारीको भनाइ छ ।

कार्यक्रममा प्रा डा गोविन्द भट्टराईले उपन्ँयास र त्यसका लेखक तिमिल्सिनाको खुलेर प्रशंसा गरे । उहााले उपन्यास पठनयोग्य र उत्कृष्ट भएको उल्लेख गर्नुभयो । उपन्यास परिचर्चामा सहभागीले यसमा कल्पनाभन्दा यथार्थ विषय वस्तु बढी समेटिएकाले त्यसमा निबन्धको भाव झल्किएको बताए । सो अवसरमा उपन्यासका लेखक तिमिल्सिनाले उपन्यासका कथावस्तु, परिवेश २०२८ सालतिरको भएको बताए ।

पूर्वी पहाडबाट तराईका उर्वर भू–भाग तथा सुगम सहर हुँदै व्यक्रि कसरी अवसरको खोजिमा आइपुग्छन्लगायत घटनालाई आधार बनाएर उपन्यास लेखिएको उनी बताउँछन् । पुराना र नयाँ पुस्ताका विषयवस्तु समेटिएकाले आफ्नो उपन्यास सबै वर्गका पाठकका लागि पठनीय भएको तिमिल्सिनाको भनाइ छ । सामाजिक तथा पारिवारिक विषयवस्तु समेटिएको ‘अक्कर’ तिमिल्सिनाको चौथो कृति हो । उपन्यासको मूल्य रु २५० रहेको छ । लेखक तिमिल्सिनाको यसअघि ‘पुनर्मिलन’, ‘फूल र काँडा’ र ‘अन्त्यहिन यात्रा’ उपन्यास प्रकाशित भइसकेका छन् । यसका साथै कथा लेखनमा समेत सक्रिय तिमल्सिनाका ‘बैंसको निर्वासित सहर’, ‘अनन्त आकास’ तथा ‘तीन धारा’ कथासङ्ग्रह प्रकाशित भइसकेका छन् । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट छात्रवृत्ति प्रदान…

काठमाडौँ । मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा

जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ सार्वजनिक

काठमाडौँ । काठमाडौँबाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ । लेखक दर्लामीले आफ्नो उपन्यास

महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’

काठमाडौँ । महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ अर्पण गरिएको छ । साहित्यिक पत्रकार संघले ४३औँ कथा दिवसको अवसर

सेलिङको कविताकृती ‘सेप्म्माङलक’ र ‘आयोमा दर्पण’ पुस्तक बिमोचन

काठमाडौँ । गीतकार तथा लेखक लिला सेलिङको कविताकृती ‘‘सेप्म्माङलक’’ र भिमकुमार सेलिङको ‘‘आयोमा दर्पण’’ कृतिको संयुक्त रुपमा पुस्तक बिमोचन गरिएको

लेखक रञ्जु दाहालको यात्रा निबन्ध ‘डोहोडोहो डोल्पो’ सार्वजनिक

काठमाडौँ । लेखक रञ्जु दाहालको नयाँ कृति ‘डोहोडोहो डोल्पो’ सार्वजनिक भएको छ । शुक्रबार बत्तिसपुतलीस्थित शिल्पी थियटरमा लेखक दाहालको यात्रा

काशीनाथ न्यौपानेको ‘अशून्यम्’ लोकार्पित

काठमाडौँ । वैदिक तथा आध्यात्मिक साहित्यका विभिन्न पुस्तक प्रकाशनमा ल्याइसकेका साहित्यकार काशीनाथ न्यौपानेको नवीनतम उपन्यास ‘अशून्यम्’ एक समारोहकाबीच लोकार्पण गरिएको

Techie IT