Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियसंयुक्त राष्ट्रसङ्घीय प्रमुखद्वारा हमास आक्रमणलाई औचित्य दिएको आरोपको खण्डन

संयुक्त राष्ट्रसङ्घीय प्रमुखद्वारा हमास आक्रमणलाई औचित्य दिएको आरोपको खण्डन


एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले हमास आक्रमणको समर्थन गरेको आरोप लगाउने वरिष्ठ इजरायली कूटनीतिज्ञहरूले गरेको आकलनलाई स्पष्टरूपमा अस्वीकार गरेका छन् । इजरायली कूटनीतिज्ञहरूले सुरक्षा परिषदमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणलाई महासचिव गुटेर्रेसले समर्थन गरेको आरोप लगाएका थिए ।

इजराइल र प्यालेस्टाइनको बीचमा बढ्दो सङ्कटलाई लिएर मङ्गलबार भएको बैठकलाई सम्बोधन गर्दै सुयक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले हमासले गरेको ‘भीषण’ आक्रमण कुनै पनि हालतमा औचित्यपूर्ण हुन नसक्ने बताए ।

उहाँले हमासले गरेको आक्रमणकै कारण गाजामा बमबारी र घेराबन्दी भएको भन्दै प्यालेस्टिनीहरू ‘शून्य अवस्थामा थिएनन्’ भन्ने पहिचान गर्नु महत्त्वपूर्ण हो र उनीहरूलाई सामूहिक सजाय दिनु उचित होइन भने ।

मङ्गलबार गुटर्रेसको सम्बोधनपछि संयुक्त राष्ट्रसङ्घका लागि इजराइलका स्थायी प्रतितिधि गिलाड एर्डनले ट्वीट गर्दै भने, “महासचिवको सम्बोधनले हमासको क्रूर आक्रमणलाई औचित्यपूर्ण ठहर गर्न खोजेको थियो, हमास आक्रमणमा करिब एक हजार चार सय मानिस मारिए, जसमा सर्वसाधारण नै बढी थिए ।” उनले महासचिवको राजीनामासमेत माग गर्नुभएको थियो । यसका साथै महासचिव गुटेर्रेसको भिसासमेत रोक्ने चेतावनी दिएका थिए ।

यस्तै इजरायलका विदेशमन्त्री एली कोहेनले पनि गुटेर्रेसले हमासको आतङ्कवादलाई समर्थन गरेको आरोप लगाए। साथै उनले मङ्गलबार महासचिवसँगको निर्धारित बैठक रद्द गरे ।

बैठकपछि मङ्गलबार नै महासचिव गुटेर्रेसले हमासले बन्धक बनाएका केही परिवारलाई भेटेका थिए र गाजाभित्र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरी बन्दी बनाएका सबैको बिना सर्त रिहाइका लागि आह्वानसमेत गरेका थिए।

बुधबार बिहान सुरक्षा परिषद् बाहिर पत्रकारहरूसँग उनले भने, “मेरो केही भनाइलाई गलत तरिकाले प्रस्तुत गरिँदा म स्तब्ध भएको छु ।”

आफूले वास्तवमै प्यालेस्टिनी गुनासोका बारेमा बोलेको उल्लेख गर्दै उनले प्यालेस्टिनी जनताको गुनासोले हमासको भयानक आक्रमणलाई न्याय दिन नसक्ने आफूले सुरक्षा परिषदमा भनेको बताए । रासस-सिन्ह्वा




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT