Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनयाँ नक्साबारे चीनलाई जानकारी दिएको रेकर्ड भेटिएनः परराष्ट्रमन्त्री

नयाँ नक्साबारे चीनलाई जानकारी दिएको रेकर्ड भेटिएनः परराष्ट्रमन्त्री


काठमाडौँ। परराष्ट्रमन्त्री एनपी साउदले नयाँ नक्साबारे चीनलाई जानकारी दिएको रेकर्ड नभेटिएको बताएका छन्। प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा मन्त्री साउदले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्साबारे चीनलाई जानकारी दिएको रेकर्ड नभेटिएको बताएका हुन्।

२०७७ जेठ ७ मा जारी नक्सालाई प्रतिनिधिसभाले २०७७ जेठ ३१ गते सर्वसम्मतिले पारित गरी संविधानको अनुसूचीमा राखेपछि चीनलाई त्यसबारे पत्राचार गराइएको पत्र नभेटिएको मन्त्री साउदले बताए। प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा मन्त्री साउदले मन्त्रालयका सम्बन्धित महाशाखामा खोज्दा पत्राचारको रेकर्ड नभेटिएको बताएका हुन्।

भारतले मिचेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्दा एमालेबाट प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री थिए। संसदीय समितिले त्यस्तो नक्साबारे अन्य राष्ट्रहरूलाई जानकारी गराइएको छ कि छैन भनेर परराष्ट्रमन्त्री साउदलाई बोलाएको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे

योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् ।

इलाम र बझाङमा ६९ मतदान केन्द्र अतिसंवेदशील

काठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा र बझाङ–१ मा शनिबार हुने उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको

धनुषाको औरहीमा झडप, अश्रुग्यास प्रहार

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच

Techie IT