Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठविचित्र विश्वमेक्सिकोमा मेयरले गरे गोहीसँग बिहे

मेक्सिकोमा मेयरले गरे गोहीसँग बिहे


एजेन्सी । दक्षिणी मेक्सिकोको सान पेड्रो हुआमेला शहरका मेयर भिक्टर ह्युगो सोसाले एक पोथी गोहिसँग विवाह गरेका छन् ।

यो विवाहको बारेमा सुनेर सबै अचम्ममा परेका छन् । तर, यो विवाह एक स्थानीय परम्परा रहेको छ जसले सौभाग्य ल्याउने विश्वास गरिएको छ ।

मेक्सिकोको गरीब दक्षिणमा अवस्थित ओक्साका, स्वदेशी संस्कृतिमा देशको सबैभन्दा धनी र धेरै समूहहरूको घर हो जसले आफ्नो भाषा र परम्परालाई स्रष्टापूर्वक कायम राखेको छ ।

विशेषतः यो परम्परा चोन्टल र हुआवे समूहबीच एक विवाहका माध्यमबाट शान्ति स्थापित गर्नका लागि मनाउँदै आएको पाइन्छ । यो सरीसृप स्थानीय इतिहासमा राजकुमारीको प्रतिनिधित्व गर्छ जससँग मेयरले विवाह गर्छन् ।

वैवाहिक समारोहभन्दा पहिले सरीसृपलाई घर–घरमा लगिन्छ । यसक्रममा मानिसहरु उसलाई काखमा लिएर नृत्य गर्दछन् । पोथी गोहीलाई एक विशेष पोशाक पहिराइन्छ र मेयर ती गोहीसँग नृत्य गर्दछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोप–२८ः जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

काठमाडौँ । वर्षभरि नै सेता देखिने हिमाल क्रमशः काला पहाडमा रुपान्तरण भइरहेका छन् । हिमनदीहरू पग्लदै गएका छन् । अनावृष्टि,

चर्चामा संसारकै पातलो होटल ‘पिटूरुम्स’

एजेन्सी । इन्डोनेसियाको एउटा होटल हाल चर्चामा छ । सेन्ट्रल जाभाको सलाटिगा टाउनमा रहेको ‘पिटुरुम्स’ होटललाई विश्वको सबैभन्दा पातलो होटल

गाजामा हमासको नियन्त्रण समाप्त हुँदै ! इजरायलले गाजाको संसद भवन…

एजेन्सी । इजरायल र हमासबीच जारी युद्ध भएको एक महिनाभन्दा बढी भइसकेको छ । इजरायलले हमासमाथि लगातार आक्रमण गरिरहेको छ

कोरियाली युद्धको बारेमा धेरैलाई थाहा नभएका १० तथ्यहरु

एजेन्सी । उत्तर कोरिया र दक्षिण कोरियाको सम्बन्ध आज पनि उत्तिकै कमजोर रहेको छ । लामो समय युद्धको मार झेलेका

किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला !

एजेन्सी । उत्तर कोरियाको बारेमा धेरै कम जानकारी बाहिर आउँछ । उत्तर कोरियालाई पुरुष प्रधान देश पनि भनेर चिनिन्छ ।

मुकेश अम्बानीलाई अज्ञात व्यक्तिद्वारा ज्यान मार्ने धम्की

एजेन्सी । भारतका धनी व्यापारी मुकेश अम्बानीलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । उक्त व्यक्तिले इमेलमा २० करोड

Techie IT