Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालधार्मिक पर्यटक प्रवर्द्धनका लागि गुम्बा निर्माण गरिँदै

धार्मिक पर्यटक प्रवर्द्धनका लागि गुम्बा निर्माण गरिँदै


इलाम । इलाम नगरपालिका-६ पानी ट्याङ्कीमा गुम्बा निर्माण गर्न थालिएको छ । धार्मिक पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले गुम्बा निर्माण गर्न लागिएको हो ।

एक रोपनी क्षेत्रफलमा डेढ करोड लागतमा गुम्बा निर्माण हुने निर्माण समितिका अध्यक्ष हरि गुरुङले जानकारी दिए । उनका अनुसार गुम्बासहित आवाससमेत निर्माण गरिने छ । गुम्बामा धार्मिक पाठशालासमेत रहने छ । साथै यस गुम्बाले धार्मिक पर्यटक भित्र्याउन मद्दत गर्ने अपेक्षा लिइएको छ ।

गुम्बा निर्माणका लागि सन्दकपुर गाउँपालिका(२ का धनबहादुर गुरुङले एक रोपनी जमिन निः शुल्क उपलब्ध गराएका हुन् । साथै, उनले नगद तीन लाख रकम निर्माण कार्यका लागि सहयोग गरेको समितिका अध्यक्ष गुरुङले जानकारी दिए ।

न्युपिङ थार्पाछ्योलिङ गुम्बा निर्माणका लागि हाल धमाधम काम भइरहेको छ । यसका लागि स्थानीयहरू श्रमदानमा समेत जुटेका छन् । बिदाको दिन करिब एक सय माथिको सङ्ख्यामा स्थानीय श्रमदानमा आउने जनाइएको छ । गुम्बाको भवन निर्माणकै लागि सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत २५ लाख रकम प्राप्त भएको जनाइएको छ ।

साथै विभिन्न व्यक्तिहरूबाट समेत २० लाख माथि रकम सङ्कलन भइसकेको छ । तीन वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको यस गुम्बा निर्माणले चियाबारी घुम्न आएका पर्यटकहरूलाई नयाँ आकर्षण थप्ने विश्वास लिइएको छ । गुम्बासँगै भगवान् बुद्धको प्रतिमा समेत स्थापना गरिने छ । चियाबारी नजिकै भ्यु टावर छेउमा निर्माण भइरहेको गुम्बामा सहयोगीहरू थपिने क्रम जारी रहेको बताइएको छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा

काठमाडौँ । बागमती प्रदेशले यही बैशाख २४ गते बागमती प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरिएको छ । प्रदेश सरकारले विहिबार

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए)का अध्यक्ष लु झाउहुईले आज शिष्टाचार भेट गरेका

काठमाडौँमा २ करोड नगद र सुनसहित ७ भारतीय पक्राउ

काठमाडौँ । काठमाडौँमा प्रहरीले २ करोड रुपैयाँ र झन्डै एक किलो सुनसहित ७ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ४ जरुवा पानी नजिक रेल्वे ट्रयाकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार

Techie IT