Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियउत्तर कोरियाले किन बन्द गर्दैछ धेरै देशमा आफ्ना दूतावास ?

उत्तर कोरियाले किन बन्द गर्दैछ धेरै देशमा आफ्ना दूतावास ?


एजेन्सी । उत्तर कोरियाले आगामी दिनमा धेरै देशमा रहेका आफ्ना दूतावास बन्द गर्ने निर्णय गरेको छ ।

उत्तर कोरियाले आफ्नो दूतावास बन्द गर्ने देशमा स्पेन, हङकङ र अफ्रिकाका धेरै देशहरू पर्छन्।

मिडिया रिपोर्टका अनुसार उत्तर कोरियाले चाँडै नै विश्वका एक दर्जनभन्दा बढी दूतावास बन्द गर्ने भएको छ ।

उत्तर कोरियाको यो कदमलाई दक्षिण कोरियाले पनि टिप्पणी गरेको छ ।

दक्षिण कोरियाले उत्तर कोरियाले आफ्नो कूटनीतिक नियोग बन्द गर्नु भनेको देश गम्भीर आर्थिक संकटको अवधिबाट गुज्रिरहेको सङ्केत भएको भन्दै आलोचना गरेको छ ।

दक्षिण कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण उत्तर कोरिया धेरै प्रकारको दबाबमा रहेको र विदेशमा आफ्नो अस्तित्व कायम राख्न कठिनाइको सामना गरिरहेको बताएको छ ।

उत्तर कोरियाले गत हप्ता अंगोला र युगान्डा जस्ता दुई अफ्रिकी देशमा रहेका आफ्ना दूतावासहरू बन्द गर्ने आधिकारिक सूचना दिएको जानकारी दिएको थियो ।

अंगोला र युगान्डा दुवैको उत्तर कोरियासँग सन् १९७० देखि मैत्रीपूर्ण सम्बन्ध थियो। त्यसबेलादेखि अहिलेसम्म उनीहरूले सैन्य सहयोग जारी राखेका छन् र धेरै परियोजनाहरूमा साझेदार बनेका छन्।

तर अहिले दूतावास बन्द भएपछि उनीहरुबीच कूटनीतिक सम्बन्ध छैन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT