Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकम्युनिष्टको एकता आजको आवश्यकताः महासचिव गुरुङ

कम्युनिष्टको एकता आजको आवश्यकताः महासचिव गुरुङ


रुकुमपश्चिम । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले नेपालमा रहेका कम्युनिष्ट विचारधारा बोकेका राजनीतिक दलको एकता आजको आवश्यकता रहेको बताएका छन् ।

आज रुकुमपश्चिममा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी रहेको बताए ।

“पूर्वमाओवादी घटकको एकताको कुरा भइरहेको छ । सामाजवादी मोर्चामा पनि त्यो कुरा भएको छ । नेपाल समाजवादी पार्टीसँग एकता गर्न त कार्यदल नै निर्माण भएको छ । माओवादी केन्द्रको नेतृत्वमा नै पार्टी एकता हुन्छ”, गुरुङले भने । जनताले पनि माओवादी घटक एक भएको हेर्न चाहेको उनले बताए ।

नेपालमा रहेका कम्युनिष्टमा वैचारिक कुरामा केही नमिले जस्तो देखिए पनि ती कुरालाई मिलाउन सकिने महासचिव गुरुङले बताए । “कम्युनिष्टमा अन्तर द्वन्द्व हुनु राम्रो होइन । यसले नेपालमा रहेका कम्युनिष्टलाई नै समस्या बनाउँछ । कुनै न कुनै समयमा हामी एक भएर काम गर्नु पर्छ”, उनले भने ।

अहिलेको गठनबन्धनको सरकार तीन वर्ष टिक्ने गुरुङले दाबी गरे । “अहिलेको सरकार तीन वर्ष नै टिक्छ । यो सरकार ढाल्नलाई धेरै प्रयास भइरहेका छन् । तर त्यो काम सफल हुन सक्दैन । यो सरकारलाई जनताले रुचाएका छन् ।

सरकारले पनि जनमुखि काम गर्दै आएको छ”, उनले भने । भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणमा सबै लाग्न जरुरी रहेको उनको भनाइ थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे

योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् ।

इलाम र बझाङमा ६९ मतदान केन्द्र अतिसंवेदशील

काठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा र बझाङ–१ मा शनिबार हुने उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको

धनुषाको औरहीमा झडप, अश्रुग्यास प्रहार

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच

Techie IT