मधेसीलाई दौरासुरुवाल लगाउनै नहुने चाहीं किन ?

०६८ सालसम्म नेपालको राष्ट्रिय पोसाक दौरासुरुवाल र साडी चोलो थियो । वर्तमानका मन्त्री, प्रदेशका मुख्यमन्त्री सांसद भएका पुरूषहरू दौरासुरुवाल र महिला साडीमा सार्वजनिक कार्यक्रममा देखिन्थे । ०४६ को परिवर्तनदेखि ०६८ सम्म पोसाकको विवाद थिएन ।

 

कहाँ जाँदा आफ्नो पदीय मर्यादालाई ख्यालगरेर सबैले पोसाक लागाउँथेँ । तर, ‘अहिले काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर’ भने जस्तै भएको छ । गर्नुपर्ने काम धेरै छन् । जनताका अपेक्षा बग्र्र्रेल्ती छन् ।

 

तर, नेताहरू के लगाउने कस्तो बन्ने भन्ने कुराका केन्द्रीय भएको आभास हुँदै छ । विकसितदेखि अल्पविकसित राष्ट्रमा आफ्नै राष्ट्रिय पहिचान हुन्छ । औपचारिक कार्यक्रममा सरकारका जिम्मेवार व्यक्ति मात्र होइन अरूले पनि सकेसम्म राष्ट्रिय पोसाक लगाउँछन् । नेपालमा पनि त्यो क्रम ०६८ सम्म कायम थियो । अझ रोचक कुरा के पनि थियो भने, सरकार परिवर्तन हुने समय भयो कि दौरासुरुवालको बजार केही फस्टाउँथ्यो ।

 

राष्ट्रिय पोसाक लगाउनु पर्छ भन्ने भावना दह्रो थियो । सके नयाँ किन्थे नभएर पुरानैमा आइरन लगाएर टलकाउँथेँ । तर, ०६८ सालमा माओवादी नेता डा। बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि नेपालको पोसाक दौरासुरुवाल हटाइयो ।यसमा सम्बन्धित रहेर कैयौँले टिप्पणी गरे, ‘नेपाल पोसाकविहीन भएको छ ।’ नेपाल पोसाकविहीन हुँदा नेपाली युवा समाज सुधारक श्यामकृष्ण बजगाइँ र राजकुमार बजगाइँले ०६९ सालबाट नै नेपाल पोसाकविहीन हुनुहुन्न भन्दै ‘१७ पुसलाई प्रस्तावित नेपाली पोसाक दिवस’ मनाइरहेका छन् ।

 

उनीहरूले नेपालको पोसाक पुनः दौरासुरुवाल र टोपी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमहरू सञ्चालन गदै आइरहेका छन् । वास्तवमा देशको पहिचान विरंगी भएरभन्दा एउटै पहिचामा उभिँदा सुन्दर मात्र होइन एकरूपता देखिन्छ । परिवर्तनको नाममा के के छोडने र के के समात्ने गम्भीर हुनुपर्छ । अधिकार पाउनु र त्यसलाई सदुपयोग गर्न सकारात्मक कुरा हो । तर, राष्ट्रिय, पोसाक, भाषाजस्ता कुरा छोडदै गयौँ भने कता पुगिएला रु जन्मदा बाहुन, क्षत्री, वैश्य, शुद्र जे जे जाति छौँ त्यो भन्दा पनि पहिले हामी सबै नेपाली नै हौँ ।

 

यदि राष्ट्रियता रहेकै अवस्थामा त्यही भित्र खोज्ने हो आ–आफ्नो पहिचान । राष्ट्रिय पोसाक नै नरहँदा विश्व समुदायले नेपाललाई कसरी चिन्ने रु कुरा पोसाकको मात्र होइन, कुरा सोचाइको हो । दौरासुरुवाल नै लगाउन पर्छ भन्ने पनि होइन । तर, दौरा सुरुवालको स्थान केले लिँदै छ भन्ने हो । हामीले दौरा सुरुवाललाई विस्थापित गरेर लगाउन लागेको टाइ सुट र सफारी सुट नेपालको कुन जाति वर्ग वा समुदायलाई आफ्नो पहिचान दिएको अनुभूति हुन्छ रु परिवर्तन गर्ने नाममा चलिआएको पोसाकको स्थानमा विदेशीलाई ठाउँ दियौँ भने त्यो कत्तिको सान्दर्भीक हुन्छ त्यसमा पनि सोच्नुपर्ला ।

 

नेपालको राजनीतिक परिवर्तन कसले कस्तो लुगा लगाउने भन्नाका लागि भएको होइन । नेपाललाई आर्थिक, राजनीति, सामाजिक र सामरिक रूपमा विकास र समृद्ध बनाउनका लागि भएको हो । यो परिवर्तनमा जे जतिले ज्यान गुमाए उनीहरूको सपना पनि भोलि सत्तामा जानेले गर्ने पहिलो बहस वा निर्णय पोसाकको होस् भन्ने पक्कै थिएन । यो विषयमा सबैले गम्भीर हुनुपर्छ । सहिदको सम्मान पैसाले हुँदैन उनीहरूको सपना पूरा गरेर हुन्छ यसमा पनि राजनीतिक नेतृत्वले विचार पु¥याउनु पर्छ । पटकपटकको संघर्ष र सहिदको बलिदानीबाट मुलुक संघीयतामा प्रवेश गरेको छ ।

 

यसलाई कार्यान्वयन गर्न र लामोसमयदेखिको रिक्त रहेर पूर्णता पाएको स्थानीय निकायलाई सक्रिय रूपमा जनताका पक्षमा काम गर्नुपर्ने धेरै काम छन् । तर, मुख्य नेतृत्वहरू ती कुरालाई थाती राखेर कस्तो लुगा लगाएर संसद्मा जानेर मर्यादापालकले के लगाउने भन्ने कुरामा बढी अल्झिएको देखिँदै छ । मुलुकमा यतिवेला सात प्रदेश छन् । सात प्रदेशका आ–आफ्नै विशेषता छ । त्यसलाई सबैले सम्मान गर्नुपर्छ । तर, हामी एउटै नेपालभित्रका नागरिक हौँ भन्ने भुल्नु हुँदैन । नेपाल भन्ने देश थियो र संयीयताका सात प्रदेश भए त्यो पनि मनन गर्नुपर्छ ।

 

सोमबार ९हिजो० प्रदेश–२ को निर्धारित प्रदेशसभा बैठकको तयारी चलिरहेका वेला एकाएक दौरा सुरुवाल कोट र सारी चोलो कोट लगाएर मर्यादापालक कुवा रामपुरस्थित प्रदेश संसद् भवनमा प्रवेश गरेपछि खैलाबैला मच्चियो । एउटा नेपालीले आफ्नो विवेकले दौरा सुरुवाल लगाउन पाउने कि नपाउने रु प्रश्न छ । मधेसवादी दलले सर्वदलीय बैठकमार्फत प्रदेशसभाको पहिलो बैठकमै मर्यादापालकले दौरासुरुवाल लगाउन नपाउने उर्दी जारी गरे । त्यसपछि उनीहरू अनौपचारिक पोसाकमा ड्युटी खटिएका थिए । उनीहरूले मर्यादापालकको चिनोको रूपमा एउटा सानो ब्याच लगाइएका थियो ।

 

प्रदेश–२ को कार्यव्यवस्था परामर्श समितिले सफारी सुट र सारी चोलो ड्रेसकोड तय ग¥यो । यसलाई कति उपलब्धी मान्ने रु अझ रमाइलो कुरा के पनि छ भने त्यो पोसाक तत्काल उपलब्ध हुन सक्दैन । त्यसैले मर्यादापालकहरूले आफूखुसी पोसाक लगाउन पाउने भएका छन् । नेपालको मात्र होइन विश्वका संसदीय अभ्यासमा मर्यादापालकको एउटै ड्रेस हुन्छ । उनीहरूलाई सहजै चिन्न सकियोस् भनेर पनि एकै प्रकारको पोसाकको व्यवस्था गरिएको हुन्छ । सुरक्षाका दुष्टिले पनि संसद् भवनमा खटिने मर्यादापालकले एकै प्रकारका पोसाक लगाउँछन् ।

 

प्रदेश–२ मा भएको अभ्यासको भने आलोचना पनि भएको छ । कुरो प्रदेश–२ को मात्र होइन । ०६८ पछि भित्रिएको चिन्तनको हो । नेपालको राष्ट्रिय पोसाकको बहस चलिरहेको बेला युवापुस्तामा भने दौरासुरुवाल र ढाकाटोपीप्रति आकर्षण देखिएको छ । युवाहरू बिहे वा औपचारिक समारोहमा जाँदा दौरासुरुवाल, ढाका वा भादगाउँले टोपीमा देखिन थालेका छन् । पोसाक फेसन वा शरीर ढाक्नका लागि मात्र लगाइँदैन त्यसको आफ्नै विशेषता र पहिचान हुन्छ । यसमा गम्भीर हुनपर्छ । (सौर्य दैनिकबाट)



Your Comment

थप समाचार

मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

  • 7 minutes ago
मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

काठमाडौं । विगत ८ वर्षदेखि काठमाडौंको पुतलीसडकमा रहेर बेरोजगारीको समस्याले जरा गाडेको अवस्थामा युवाहरुलाई दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको एलाइन्स ल्यापटप एण्

प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

  • 9 minutes ago
प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

काठमाडौं, फागुन ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पाँच वर्षका लागि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् । एक कार्यक्रममा सहभागी हुन चितवन पुगेका

यी बलिउड अभिनेत्रहरुले बिकिनी पोज नदिएकै राम्रो !

  • 15 minutes ago
यी बलिउड अभिनेत्रहरुले बिकिनी पोज नदिएकै राम्रो !

एजेन्सी । बलिउड अभिनेत्रीहरुको फिल्मी उद्योगमा लामो यात्रा गरिसकेका छन् । अब उनीहरु फिल्ममा बोल्ड सिन दिन पनि पछि पर्दैनन् ।


Loading...

भिडियो

hamropatro

जीवनशैली

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

उनले यसको विकल्प स्वरुप अर्को ग्रह खोज्नुपर्ने बताएका छन् । हकिङ्सले भनेका छन्,‘मलाई लाग्दैन कि अर्को ग्रह नखोजी पृथ्वीमा एक हजार सालसम्म मानिसहरु जीवित रहन सक्छन् ।’

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि