Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियकंगोको शान्ति सेना बन्द गर्ने सुरक्षा परिषद्को निर्णय

कंगोको शान्ति सेना बन्द गर्ने सुरक्षा परिषद्को निर्णय


काठमाडौँ । डमोक्रेटिक रिपब्लिक अफ कंगोबाट संयुक्त राष्ट्रसंघले शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको छ ।

मङ्गलवार बसेको १५ सदस्य संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले सर्वसम्मत रूपमा कंगोबाट शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको अलजजिराले उल्लेख गरेको छ । बुधवारबाट कंगोमा संसदीय तथा राष्ट्रपतीय चुनाव हुन लागेको बेला एक दिन अगाडि यस्तो निर्णय भएको हो ।

कतारी विश्व च्यानल अलजजिराका अनुसार शान्ति सेनाले शान्ति ल्याउन नसकेको भन्दै कंगो सरकारले लामो समय देखी शान्ति सेना फिर्ता गर्न माग गरेको थियो । त्यसैको प्रतिक्रियामा सुरक्षा परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

कंगोमा सक्रिय सशस्त्र समूहलाई नियन्त्रण गर्न शान्ति सेना असमर्थ भएको भन्दै कंगो प्रशासनले लामो समय देखी आलोचना गर्दै आएको थियो । यही वर्षको अन्तिमसम्ममा कंगोमा भएका १४ हजार विदेशी शान्ति सेना फिर्ता हुने भएका हुन् ।

नेपाली सेनाका तर्फबाट कंगोमा ११५२ सैनिकहरू खटिइएको नेपाली सेनाको तथ्यांक छ । कंगोमा शान्ति सैनिक मिसन बन्द भएसँगै नेपाली सैनिकहरू झिटिगुण्टा बोकेर नेपाल फर्कने पक्कापक्की भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT