Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियसूचना प्रविधिको अथाह सम्भावना रहेको भारतमा फक्सकनले थप लगानी गर्ने

सूचना प्रविधिको अथाह सम्भावना रहेको भारतमा फक्सकनले थप लगानी गर्ने


एजेन्सी । विद्युतीय सामग्री तथा उपकरण उत्पादनका निम्ति विश्व प्रख्यात ताइवनी कम्पनी फक्सकनका प्रमुखले सूचना प्रविधिको क्षेत्रमा लगानी गर्ने अथाह सम्भावना भएको भारतमा कम्पनीले थप लगानी गर्ने बताएका छन् ।

सूचना प्रविधिको क्षेत्रमा उपकरण उत्पादनमा नाम कमाएको उक्त कम्पनीले भारतको तमिलनाडुमा रु १६ अर्बको लागतमा विद्युतीय उपकरण बनाउने कारखाना खोल्न सहमति जनाएको दुई दिनपछि कम्पनीका प्रमुख योङ लिउबाट थप लगानीको प्रतिबद्धता सार्वजनिक भएको हो ।

फक्सकनले तमिलनाडुमा ‘इलेक्ट्रोनिक कम्पोनेन्ट’ उत्पादन गर्ने कारखानामा छ हजारभन्दा बढीले रोजगारी पाउने छन् । तमिलनाडु सरकारका एक जना वरिष्ठ अधिकारीका अनुसार राज्यको राजधानी चेन्नइ नजिकको कञ्चीपुर जिल्लामा कारखाना स्थापना गरिनेछ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले गत शुक्रबार गुजरातको गान्धीनगरमा फक्सकनका प्रमुख योङलाई स्वागत गर्दै ‘सेमिकण्डक्टर’ उत्पादन गर्ने कारखाना स्थापना गर्न आग्रह गरेका थिए । अधिकांश आधुनिक औद्योगिक प्रतिष्ठानदेखि कम्युटरलगायत यन्त्र तथा उपकरणका लागि आवश्यक पर्ने सेमिकन्डक्टर भारतजस्तो लोकतान्त्रिक मुलुकमा गर्नु फक्सकनका निम्ति लाभदायक हुने उनले बताएका थिए ।

संसारभरका लगानीकर्तालाई भारतमा चिप र सेमिकन्डक्टर बनाउने उद्योगमा लगानी गर्न आह्वान गर्र्दै त्यसबाट प्राप्त हुने अथाह लाभ उठाउन प्रधानमन्त्रीले आग्रह गरे । चिप र सेमिकन्डक्टर बनाउनु भारतको मात्र आवश्यकत नभएको उल्लेख गर्दै उहाँले विश्वलाई आवश्यक पर्ने विश्वसनीय चिपको आपूर्ति भारतबाट हुने बताए ।

प्रमुख कार्यकारी अधिकृत योङले प्रधानमन्त्री मोदीको ‘मेक इन इन्डिया सेमीकन्डक्टर’ दुरदर्शी योजनाको सराहना गर्दै भारतसग साझेदारी गर्न तयार रहेको बताए । उनले भरपर्दो साझेदार भारतसँग सहकार्य एवम् साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले तीनदिने ‘सेमिकन इन्डिया’ सम्मेलनमा भाग पनि लिएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

Techie IT