Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकाँग्रेस नेता निधी र बिहारका लोकसभा सदस्य निषादबीच शिष्टाचार भेटवार्ता

काँग्रेस नेता निधी र बिहारका लोकसभा सदस्य निषादबीच शिष्टाचार भेटवार्ता


काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधी र भारतको बिहार मुजफरपुरका लोकसभा सदस्य अजय निषादबीच शिष्टाचार भेटवार्ता भएको छ । भारतको मुज्जफरपुरमा दुई नेताबीच शिष्टाचार भेट भएको हो ।

गत आइतवार धनुषाको नगराईन र मुखियापट्टी मुसहरनिया पालिकाका विभिन्न सीमावर्ती वडाहरुमा निर्माण कार्य अवरुद्ध भएका पुलहरुको स्थलगत निरीक्षण अवलोकन गर्नुभएका निधी सोही विषयमा छलफल गर्न मंगलवार निषाद निवास मुज्जफरपुर पुगेका थिए ।

सो क्रममा निधीले आफूले पुलहरुको स्थलगत निरीक्षण गर्दा भारतीय सुरक्षाकर्मीहरुले संरचना बन्न नदिनुको कारण माथिको आदेश भएको बताएको पनि निषादलाई जानकारी गराए । पुल बन्दा दुवै देशका नागरिकहरुलाई सहज हुने बताए ।

नो म्यान्स ल्यान्डमा पुल नबने दुई देशका जनतालाई कसरी जोड्ने रु र आवातजावत कसरी हुने रु भन्ने प्रश्न गर्दै निधीले आफूहरु नेपालको मात्र नभइ सीमावर्ती भारत तर्फको जनताको भावना पनि सुनाउन पुगेको बताए ।

भेटमा भारतीय जनता पार्टीका नेता समेत रहनुभएका निषादले आफनो पार्टीको नेतृत्वमा केन्द्रिय सरकार समेत रहेको बताउँदै गृहमन्त्री अमित साहसँग कुरा गरेर समस्या समाधान गर्ने बताए । निषाद निवासमा राम मन्दिर समुद्घाटनको बधाई पत्र र प्रसाद प्रदान गरेका थिए ।

नेपालको जटही र भारतको पिपरौन जोड्ने मुख्य जमुनी नदी राजघाटको पुललाई ६ लेन सडक स्तरको पुलका रुपमा स्तरोन्तीका लागि भारतीय पक्षबाट भइरहेको अवरोध र नगराईन नगरपालिकाको वडा नं. ६ लगमालाई भारतको लहरनियासँग जोड्ने झुलुङ्गे पुलको समेत निधी नेतृत्वको टिमले अवलोकन गरेको थियो । उक्त पुलहरु भारतीय अवरोधका कारण निर्माण अवरुद्ध भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे

योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् ।

इलाम र बझाङमा ६९ मतदान केन्द्र अतिसंवेदशील

काठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा र बझाङ–१ मा शनिबार हुने उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको

धनुषाको औरहीमा झडप, अश्रुग्यास प्रहार

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच

Techie IT