Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियमणिपुर हिंसाः महिलाको भीडको अगाडि झुक्यो सेना, १२ विद्रोही छाड्न बाध्य

मणिपुर हिंसाः महिलाको भीडको अगाडि झुक्यो सेना, १२ विद्रोही छाड्न बाध्य


एजेन्सी । भारतको मणिपुरमा गत महिनादेखि जारी हिंसा अझै रोकिएको छैन । हिंसा नियन्त्रणका लागि धेरै जिल्लामा कर्फ्यू लगाइएको छ ।

इन्टरनेट प्रतिबन्धित छ। सरकारले शान्ति स्थापनाका लागि सेना परिचालन गरेको छ ।

यसैबीच, शनिबार ठूलो घटना भएको मिडिया रिपोर्टमा उल्लेख छ।

जसमा भीडका कारण सुरक्षाकर्मी कांगलेई यावोल कन्ना लुप (केवाईकेएल) का १२ जना लडाकुलाई छाड्न बाध्य भए ।

महिलाको नेतृत्वमा करिब १५ सयको भीड अगाडि आएपछि सुरक्षाकर्मीले कांगलेई यावोल कन्ना लुपका १२ विद्रोहीलाई छोड्न बाध्य भएको बताइएको छ ।

भीड देखेर सुरक्षा बलले कडा परिश्रम पछि पक्राउ परेका १२ आतङ्ककारीलाई छोड्न बाध्य भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

१२ लडाकूमा मोइराङ्थेम ताम्बा उर्फ ​​उत्तम पनि सामेल थिए। ताम्बा सन् २०१५ मा भएको आक्रमणको मास्टरमाइन्ड थिए जसमा १८ सुरक्षाकर्मी मारिएका थिए।

मणिपुर मे ३ देखि हिंसाको आगोमा जलिरहेको छ । गत मे ३ मा अनुसूचित जनजाति (एसटी) को दर्जा दिएको विरोधमा कुकी र मेइती समुदायबीच पहिलो पटक झडप हुँदा हिंसा सुरु भएको थियो। केही समयमै झडप हिंसामा परिणत भएर राज्यभर फैलियो। सयौं घर जले । हालसम्म एक सयभन्दा बढीको मृत्यु भइसकेको छ । हजारौंलाई राहत शिविरमा राखिएको छ भने सयौं परिवार विस्थापित भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT