Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइमरान खानले व्यक्त गरे हत्याको आशंका, भने: मलाई स्लो पोइजन दिएर ज्यान लिन सक्नेछन्

इमरान खानले व्यक्त गरे हत्याको आशंका, भने: मलाई स्लो पोइजन दिएर ज्यान लिन सक्नेछन्


एजेन्सी । पाकिस्तानमा नवाज शरीफको प्रवेशपछि राजनीतिक तंरग बढेको छ । देशका पूर्वप्रधानमन्त्री इमरान खानले शुक्रबार जेलमा स्लो पोइजन खुवाएर आफ्नो जीवन सकाइदिन सक्ने आशंका व्यक्त गरेका छन् ।

इमरानले आफूले देश छाड्न अस्वीकार गरेका कारण आफूलाई यस्तो गर्न सकिने बताएका हुन् ।

इमरान खानको परिवारले सामाजिक सञ्जाल प्लेटफर्ममा एक पोस्ट गर्दै पूर्व प्रधानमन्त्रीलाई उद्धृत गरेको छ ।

पोस्टमा लेखिएको छ, म मेरो देश छोड्न राजी छैन, त्यसैले उनीहरूले जेलमा मेरो ज्यान लिन अर्को प्रयास गर्न सक्छन्। मलाई स्लो पोइजन दिएर ज्यान लिन सक्नेछन् । इमरान खान हाल गोप्य कूटनीतिक कागजात चुहावट प्रकरणमा अदियाला जेलमा छन् ।

पीटीआई प्रमुखले अहिले आफू पूर्णतया स्वस्थ रहेको बताएका छन् । कमजोरीका कारण आफ्नो शरीरमा केही परिवर्तन आएको उनले बताए ।

इमरान खानले यस्तो दाबी गरेका हुन् जब पाकिस्तानको एक अदालतले उनको जमानतको निवेदन र कूटनीतिक कागजातको मामिलामा एफआईआर रद्द गर्ने अनुरोध अस्वीकार गरेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT