Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिव्याख्यात्मक घोषणा सम्झौताको अंग नबने एमसीसी कार्यान्वयन हुँदैनः देव गुरुङ

व्याख्यात्मक घोषणा सम्झौताको अंग नबने एमसीसी कार्यान्वयन हुँदैनः देव गुरुङ


काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले १२ बुँदे व्याख्यात्मक घोषणालाई अंग नबनाएसम्म अमेरिकी मिलिनियम च्यालेन कपोरेसन (एमसीसी) कार्यान्वयन नहुने बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत नेपालको सार्वभौम अधिकार सम्पन्न संसद्ले गरेको घोषणालाई अवमूल्यन गर्ने अधिकार कसैलाई नभएको समेत बताएका छन्। माओवादी केन्द्र व्याख्यात्मक घोषणा अंग नबन्दासम्म एमसीसी कार्यान्वयन गर्न नहुने पक्षमा रहेको बताएका छन्।

‘आजसम्म अमेरिकी एमसीसी कम्पनीले औपचारिक रुपमा, लिखित रुपमा १२ बुँदे स्वीकारेको देखिएको छैन। एमसीए नेपालले पनि १२ बुँदे सर्तबारे कुनै उल्लेख नगरी निरपेक्ष रुपमा एमसीसी परियोजना कार्यन्वयनको कुरा उठाइरहेको छ,” उनले लेखेका छन्, ‘ने.क.पा.(माओवादी केन्द्र)को प्रष्ट धारणा छ कि १२ बुँदे घोषणालाई एमसीसी सम्झौताको लिखित अंग नबनाउदासम्म एमसीसी कार्यान्वयन हुन सक्दैन। हेक्का रहोस कि, नेपालको सार्वभौम अधिकार सम्पन्न संसद्ले गरेको घोषणालाई अवमूल्यन गर्ने अधिकार कोही–कसैलाई छैन।’

एमसीसी व्याख्यात्मक घोषणा गरी २०७८ फागुन १५ गते संसद्बाट पारित भएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे

योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् ।

इलाम र बझाङमा ६९ मतदान केन्द्र अतिसंवेदशील

काठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा र बझाङ–१ मा शनिबार हुने उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको

धनुषाको औरहीमा झडप, अश्रुग्यास प्रहार

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच

Techie IT