Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमाओवादी केन्द्रको पार्टी सदस्य ७ लाख ५२ हजार ९५६!

माओवादी केन्द्रको पार्टी सदस्य ७ लाख ५२ हजार ९५६!


काठमाडौँ। नेकपा माओवादी केन्द्रले आफनो पार्टीको सदस्यका बारेमा केन्द्रीय समिति बैठकमा जानकारी गराएको छ। प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो पार्टी सदस्य संख्या ७ लाख ५२ हजार ९५६ रहेको बताएका हुन्।

प्रचण्डले पार्टी बैठकमा पेश गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावमा माओवादीले कुन प्रदेशमा कति सदस्य छन् भन्ने विवरण समेत उल्लेख गरिएको माओवादी केन्द्रका एक जना केन्द्रीय सदस्यले जानकारी दिए।

उनका अनुसार माओवादीको सबैभन्दा धेरै पार्टी सदस्य बागमतीमा रहेका छन्। बागमतीमा १ लाख ४७ हजार ३५३, मधेशमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, गण्डकीमा ६६ हजार ६८७, कर्णालीमा ८५ हजार ७७४ र सुदूरपश्चिममा ८० हजार ४८२ जना पार्टी सदस्य रहेको माओवादी केन्द्रको दाबी छ।

त्यस्तै सम्पर्क कमिटीहरुमा १९ हजार ३१२, काठमाडौँ उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना रहेको सांगठनिक प्रतिवेदनमा उल्लेख छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा

काठमाडौँ । बागमती प्रदेशले यही बैशाख २४ गते बागमती प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरिएको छ । प्रदेश सरकारले विहिबार

सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए)का अध्यक्ष लु झाउहुईले आज शिष्टाचार भेट गरेका

काठमाडौँमा २ करोड नगद र सुनसहित ७ भारतीय पक्राउ

काठमाडौँ । काठमाडौँमा प्रहरीले २ करोड रुपैयाँ र झन्डै एक किलो सुनसहित ७ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ४ जरुवा पानी नजिक रेल्वे ट्रयाकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

Techie IT