IIMS College

ISMT

HUB Education

बेलायतमा डिग्री गर्ने विदेशी विद्यार्थीलाई २ वर्षे वर्क पर्मिट, सेफ ल्याउन पनि सहज

  • बुधबार, २५ भदौ, २०७६
  • 1 week ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

 

 

लण्डन । बेलायतमा अध्ययनरत विदेशी विद्यार्थीहरुलाई राहत दिने गरी बेलायतले अध्यागमन नीति परिवर्तनको तयारी गरेको छ ।

 

 

बेलायत सरकारको गृह मन्त्रालयले घोषणा गरेको नयाँ नीतिले बेलायती विश्वविद्यालयहरुबाट डिग्री पूरा गर्ने विदेशी विद्यार्थीहरुलाई २ वर्ष काम गर्ने अधिकार दिनेछ । 

 

 

घोषित नयाँ नीतिले सन् २०१२ मा तत्कालीन गृहमन्त्री टेरेसा मेले लागु गरेको कडाईलाई उल्टाएको छ । डिग्रीपश्चात पोस्ट स्टडी वर्क भिसामा रहेर बेलायतमै काम गर्न पाउने २ वर्षको अवधिलाई हटाउँदै उनले ४ महिनामा झारेकी थिइन् । 

 

 

 

नयाँ व्यवस्थाबाट आउँदो वर्षदेखि बेलायती विश्वविद्यालयमा अन्डर ग्रयाजुएट वा सो भन्दा उपल्लो तहमा अध्ययन सुरु गर्ने विदेशी विद्यार्थीहरु लाभान्वित हुनेछन् । तर बेलायत सरकारको अध्यागमन चेकजाँचमा आधारभूत मापदण्ड पूरा गर्ने विश्वविद्यालयहरुबाट डिग्री पूरा गर्नेहरुले मात्र यो सुविधा पाउनेछन् । 

 

 

 

प्रस्तावित नीतिअनुसार डिग्रीहोल्डर विदेशी विद्यार्थीले कुनै बन्देजबिना जुनसुकै क्षेत्रको काम गर्न पनि पाउनेछन् र उनीहरुको संख्यामा कुनै क्याप लागु हुनेछैन । 

प्रधानमन्त्री बोरिस जोनसनले नयाँ व्यवस्थाले विदेशी विद्यार्थीहरुलाई बेलायतमै रहेर सम्भावनाको ढोकाहरु खोल्न र करियर सुरु गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । 

 

 

 

बेलायतस्थित सोलिसिटर राजु थापाले परिवर्तित नयाँ नीतिले बेलायतप्रतिको विदेशी विद्यार्थीको आकर्षणलाई पुनः स्थापित गर्न सहज हुने बताउँछन् । 

पछिल्ला केहि वर्षहरुमा अध्यागमनमा गरिएको चरम कडाईले बेलायतप्रतिको विदेशी विद्यार्थीको आकर्षण नै घट्दै गइरहेको थियो । डिग्रीपछिको २ वर्ष काम गर्ने सुविधाले अब पक्कै धेरैलाई आकर्षित गर्नेछ, सोलिसिटर थापाले भने,  नेपाली विद्यार्थीहरु बेलायत आउने क्रम पनि पछिल्ला वर्षहरुमा शुन्यप्राय थियो । नयाँ सुविधापछि अब उनीहरुमा पनि बेलायतप्रतिको आकर्षण बढ्ने देखिन्छ । 

 

 

 

बेलायती विश्वविद्यालयहरुको नेटवर्क युनिभर्सिटीज यूकेले सरकारको नयाँ नीतिको स्वागत गर्दै यसले देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने दाबी गरेको छ । उच्च शिक्षाको लागि संसारकै पहिलो रोजाइको गन्तव्यका रुपमा बेलायतलाई कायम राख्न पनि पछिल्लो परिवर्तनले सहयोग गर्ने उसको अपेक्षा छ । 

 

 

सेफ ल्याउने बाटो सहज 

 

 

यसैबीच ब्रेक्जिटपछिको अध्यागमन नीतिमा विदेशी सेफहरुलाई बेलायत आएर काम गर्ने बाटो पनि सहज बनाइने भएको छ । गृहमन्त्री प्रिति पटेलले मुख्यगरी बेलायतस्थित इण्डियन रेष्टुरेन्टहरुलाई लक्षित गर्दै ‘भिन्डालु भिसा’ शीर्षकको नयाँ नीति घोषणा गरेकी छन् । 

 

 

पछिल्लो केहि वर्षदेखि कार्यान्वयनमा रहेको नीतिले टेकवे सुविधा दिने रेस्टुरेन्ट एवम् करी हाउसहरुलाई विदेशबाट वर्क पर्मिटमा सेफहरु ल्याउने छुट दिंदैन । जसकारण यहाँस्थित धेरै रेष्टुरेन्टहरु सेफको चरम अभावमा पर्दै आएका छन् ।

 

 

तर नयाँ नीतिले टेकवेसहितका रेष्टुरेन्टलाई पनि विदेशबाट सेफहरु ल्याउने सुविधा दिनेछ । जसको लागि वार्षिक ३० हजार पाउण्ड तलबको थ्रेसहोल्ड पूरा गर्नुपर्नेछ । 

 

 

 

बेलायतस्थित भिजा क्वेस्टका सञ्चालक एवम् इमिग्रेसन एड्भाइजर विष्णु खरेलले नयाँ नीतिले यहाँका भारतीय र नेपालीहरुबाट सञ्चालित रेष्टुरेन्टहरुलाई प्रत्यक्ष फाइदा पुग्ने बताउँछन् । 

 

  

यहाँका अधिकांश नेपाली रेष्टुरेन्ट समेत अहिले सेफको अभावमा ठूलो संघर्ष गर्न बाध्य छन्, कतिपय सेफकै अभावमा बन्द हुन बाध्य भएका छन् , इमिग्रेसन एड्भाइजर खरेल भन्छन्, नयाँ नीतिले व्यवसायीहरुलाई सेफसम्बन्धी समस्याबाट ठूलो राहत मिल्नेछ । 


थप समाचार

‘नागिन ४’ को लागि नागिन नै भेटिएन

  • 6 minutes ago
‘नागिन ४’ को लागि नागिन नै भेटिएन

एजेन्सी । कलर्स टिभीबाट प्रशारण हुने एकता कपुरको धमाकेदार शो ‘नागिन ४’ तत्काल सुरु हुनमा केही समय लाग्न सक्ने भएको छ । यस शो ढीलो प्रशारण हुनुको कारण बाहिर आएको छ ।

सेभियाविरुद्ध शानदार खेल खेलेको मड्रिडको जित

  • 7 minutes ago
सेभियाविरुद्ध शानदार खेल खेलेको मड्रिडको जित

एजेन्सी । रियल मड्रिडले सेभियालाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा रियलको लागि करिम बेन्जेमाले गोल गर्दै सेभियाविरुद्ध जित निकालेको हो । बेन्जेमाले खेलको ६४ औँ मिनेटमा गोल गरेका थिए

गुरुङ संस्कृतिको अध्ययन गर्न अमेरिकी टोली घान्द्रुकमा

  • 18 minutes ago
गुरुङ संस्कृतिको अध्ययन गर्न अमेरिकी टोली घान्द्रुकमा

चिप्लेढुङ्गा । गुरुङ जातिको संस्कृति अध्ययनका लागि संयुक्त गुरुङ समाज अमेरिकाको टोली घान्द्रुक आइपुगेको छ । गुरुङ जातिको मौलिक पहिचान, भाषा, धर्म, संस्कार संस्कृतिका बारेमा खोज, अध्ययन र अनुसन्धानका ल



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।

विचित्र विश्व

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी