Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियगाजा क्षेत्रको एउटै भवनमा २१ जना इजरायली सेना मारिए

गाजा क्षेत्रको एउटै भवनमा २१ जना इजरायली सेना मारिए


काठमाडौँ । गाजा क्षेत्रमा इजरायली सेनाले ठूलो क्षति ब्यहोरेको छ । इजरायलको सेनाले मंगलबार जनाएअनुसार एकै ठाउँ भएको हमलामा २१ जना सैनिक मारिएका हुन् ।

इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) का प्रवक्ता ड्यानियल हजारीका अनुसार गाजा क्षेत्रस्थित एक भवनमा सैनिक बसिरहेका बेला रकेट हमला भएको हो ।

उनका अनुसार इजरायली सुरक्षा बलले भवनलाई उडाउने उद्धेश्यसहित जुन विस्फोटक राखिएको थियो, त्यो समेत विस्फोट हुन पुगेको हो । आईडीएफले अहिले यस घटनाको जाँच अनुसन्धान चलिरहेको जनाएको छ ।

इजरायलले गत ७ अक्टोबरमा भएको हमलापछि हमासविरुद्ध युद्धमा छ । गाजामा सैन्य कारबाही तीव्र भइरहँदा इजरायलले एकै ठाउँमा ठूलो धक्का ब्यहोरेको हो ।

इजरायलले हमासलाई समाप्त नपारुन्जेल अभियान जारी रहने जनाएको छ । ७ अक्टोबरमा हमासको हमलाबाट १३ सय मानिस मारिएका थिए ।

त्यसपछि इजरायलले थालेको हमलाका कारण अहिलेसम्म गाजा क्षेत्रमा २५ हजार मानिस मारिइसकेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT