Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियद्वन्द्वमा फसेका नागरिकको सुरक्षा गर्ने प्रतिबद्धता पूरा गर्न राष्ट्रसङ्घ प्रमुखको आग्रह

द्वन्द्वमा फसेका नागरिकको सुरक्षा गर्ने प्रतिबद्धता पूरा गर्न राष्ट्रसङ्घ प्रमुखको आग्रह


एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले द्वन्द्वमा फसेका नागरिकको सुरक्षा गर्ने प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् ।

महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा सशस्त्र द्वन्द्वमा नागरिकको सुरक्षासम्बन्धी बहसमा भने, “लामो समयदेखि सशस्त्र द्वन्द्वको घातक असर आम नागरिकले भोग्दै आएका छन् । अब हामीले उनीहरूको रक्षा गर्ने आफ्नो वाचा पूरा गर्ने समय आएको छ ।”

उनले युद्धकालमा नागरिकको सुरक्षा गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्न विश्व असफल भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मानवीय कानुनप्रति अझ बढी सम्मान गर्न आग्रह गरेका थिए ।

गत वर्ष जनघनत्व भएका क्षेत्रमा तैनाथ विष्फोटक हतियारका कारण ज्यान गुमाउनेमा ९४ प्रतिशत सर्वसाधारण रहेको राष्ट्र सङ्घको तथ्याङ्क छ ।

सन् २०२२ मा विश्वका ११ करोड ७० लाखभन्दा बढी मानिसले तीव्र भोकमरीको सामना गर्नुपरेको थियो, जसको मुख्य कारण युद्ध र असुरक्षा थियो ।

गुटेर्रेसले द्वन्द्वले आम नागरिकमा पारेको प्रभावलाई कम गर्नुपर्नेमा जोडदिनुभयो । उहाँले भन्नुभयो, “केही युद्धरत पक्षहरूले बालबालिकाको सुरक्षा गर्न र मानवतावादीहरूलाई खाँचोमा परेका मानिसहरूसम्म पुग्न दिन कदम चालेका छन् । यो सकारात्मक कदम हो । तर अझै यो अपर्याप्त छ ।

खाद्य सुरक्षालाई सम्बोधन गर्दै जारी युद्धका बीच युक्रेनबाट खाद्यान्न निर्यात गर्न ‘ब्ल्याक सी इनिसियटिभ’ जस्ता उपायहरूको साथै रूसी खाद्य र मललाई विश्व बजारमा ल्याउने सम्बन्धी समझदारी पत्रबारे पनि उनले उल्लेख गरे ।

गत नोभेम्बरमा, उनको पहलमा राज्यहरूले जनघनत्व भएका क्षेत्रहरूमा विस्फोटक हतियारको प्रयोगमा प्रतिबन्ध लगाउने वा निषेध गर्ने राजनीतिक घोषणापत्र पारित गरेका थिए ।

“अझैपनि, डरलाग्दो सत्य के छ भने अन्तर्राष्ट्रिय मानवीय कानूनमा निहित प्रतिबद्धताहरू अनुसार विश्वले नागरिकको सुरक्षा गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्न असफल भइरहेको छ,” गुटेरेसले जेनेभा कन्भेन्सनलाई सङ्केत गर्दै भने । “यसको सम्मान सुनिश्चित गर्न हामीलाई कार्य र जवाफदेहिता को आवश्यकता छ । त्यो राजनीतिक इच्छाशक्तिमा भर पर्छ ।”

महासचिव ले अन्तर्राष्ट्रिय समुदायलाई द्वन्द्व रोक्न, नागरिकको सुरक्षा गर्न, शान्ति कायम गर्न र युद्धको राजनीतिक समाधान खोज्न जारी प्रयासलाई थप तीव्रता दिन आग्रह गरे । उनले भने, “जहाँ युद्ध जारी छ, त्यहाँ सबै देशले अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्नुपर्छ र यस परिषद्का सदस्यहरूको विशेष जिम्मेवारी छ ।

“यसबाहेक, हतियार निर्यात गर्ने देशहरूले अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना नगर्ने कुनै पनि पक्षसँग व्यापार गर्न इन्कार गर्नुपर्छ,” उनले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT