Techie IT
२०८१ जेठ २, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपिताको पुन्यतिथिमा राहुलद्वारा भावपूर्ण श्रद्धाञ्जलि

पिताको पुन्यतिथिमा राहुलद्वारा भावपूर्ण श्रद्धाञ्जलि


एजेन्सी । कांग्रेस नेता राहुल गान्धीले आफ्ना दिवङ्गत पिताको पुण्यतिथिमा भावुक हुँदै श्रद्धाञ्जलिका शब्द लेखेका छन् । पूर्व प्रधानमन्त्री राजीव गान्धीको ३२ औँ पुण्यतिथिमा उनका सुपुत्र राहुलले पिताजीलाई सम्झँदै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

“बाबा, तपाईँ सधैँ मेरो सम्झनामा हुनुहुन्छ, मेरो साथमा प्रेरणाको रूपमा हुनुहुन्छ,” राहुल गान्धीले हिन्दीमा ट्विट गर्दै लेखेका छन् । साथै उनले आफ्नो पिताको जीवनकालका विभिन्न क्षणका भिडियो पनि सार्वजनिक गरेका छन् ।

त्यसअघि राहुल गान्धी र उनकी बहिनी प्रियङ्का गान्धी वाड्राले राष्ट्रिय राजधानीको वीर भूमिमा पूर्व प्रधानमन्त्री राजीव गान्धीप्रति उनको ३२ औँ पुण्यतिथिमा पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । काङ्ग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धी र पार्टी अध्यक्ष मल्लिकार्जुन खर्गेले पनि पूर्व प्रधानमन्त्री राजीव गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरे ।

राजीव गान्धीले आफ्नी आमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि सन् १९८४ मा काङ्ग्रेसको नेतृत्व सम्हालेका थिए। अक्टोबर १९८४ मा ४० वर्षको उमेरमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेर उनी भारतको सबैभन्दा कान्छो प्रधानमन्त्री बनेका थिए । उनले डिसेम्बर २ १९८९ सम्म प्रधानमन्त्रीका रूपमा भारतको सेवा गरेका थिए ।

सन् १९४४ को अगस्ट २० मा जन्मेका राजीव गान्धीलाई मे २१, १९९१ मा तमिलनाडुको श्रीपेरुम्बदुरमा चुनावी र्‍यालीमा लिबरेशन टाइगर अफ तमिल इलम (लिट्टे) की एक किशोरीले आत्मघाती बम हमलामा मारेकी थिइन् । उक्त आक्रमणमा नेता गान्धीसहित १४ जनाको ज्यान गएको थियो भने ४३ जना गम्भीर घाइते भएका थिए । रासस-एएनआई




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नरेन्द्र मोदीको सम्पत्ति ३ करोड

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी शपथपत्र अनुसार उनको सम्पत्ति ३ करोड रुपैयाँभन्दा बढी रहेको छ । यसमध्ये धेरैजसो रकम

क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा मुक्त प्रवेश अनुमति

काठमाडौँ । चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति

मुम्बईमा होर्डिङबोर्ड खस्दा १४ जनाको मृत्यु

काठमाडौँ । भारतको मुम्बईमा होर्डिङ बोर्ड खसेर च्यापिँदा १४ जनाको मृत्यु भएको छ । मुम्बईको घाटकोपरस्थित समता कोलोनी नजिक एक

भारतमा चौथो चरणको मतदान जारी

एजेन्सी । भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज चौथो चरणको मतदान भइरहेको छ । आज १० राज्य र केन्द्रशासित प्रदेशका ९६ सिटका

गाजामा सैन्य कारबाहीलाई तीव्र पार्दै इजरायल

एजेन्सी । इजरायलले दक्षिणी गाजामा सैन्य कारबाहीलाई तीव्र पार्दै हजारौं प्यालेस्टाइनीहरूलाई रफाह छोड्न अपील गरेको छ । इजरायली सेनाले इजरायलले

केजरीवाललाई सर्वोच्च अदालतले दियो अन्तरिम जमानत

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ । सर्वोच्च अदालतले मनी लान्ड्रिङ मुद्दामा केजरीवाललाई

Techie IT