आर्यनलाई टिक्न गाह्रो, अब अनमाेलकाे जमाना

काठमाडौं, पुस १७ । अभिनेता आर्यन सिग्देलको फिल्मकर्ममाथि धेरैजसो समीक्षकहरुको टिप्पणी के छ भने, आर्यनलाई अनमोल केसीले धेरै अघिदेखि बिस्थापित गरिसके ।

 

अनमोललाई पछ्याउँदै पल शाह लगायत अभिनेताहरु आएका छन् । तिनै आर्यन ८ वर्षपछि नयाँ फिल्ममा देखिए । फिल्मको नाम थियो, ‘रुद्रप्रिया’ ।

 

त्यसो त, फिल्म ‘रुद्रप्रिया’ मा आर्यन रेखा थापासँग अभिनय गरेका छन् । जब कि, रेखा र आर्यनको लामो वैमनस्यतापछि एउटै फिल्ममा काम गरेका हुन् । सोही फिल्म ‘रुद्रप्रिया’ हलबाट बाहिरिएर युट्यूवमा समेत राखिएको छ । तर आर्यनको काममाथि धेरैको चित्त बुझाइ रहेन ।

 

न त रेखालाई नै मन पराइयो । केही वर्षअघि काठमाडौंमै भएको एसिड आक्रमण जस्तो गम्भीर घटनामाथि बनाइएको उक्त फिल्मले विषयलाई न्याय गर्न नसकेको भनी चौतर्फी आलोचना भएको छ ।साथै आर्यन र रेखाको अभिनयबारे पनि धेरैको गुनासो युट्यूवमै सार्वजनिक भएको छ ।

 

खासगरी फिल्ममा पुनस्थापित हुने तरखरमा रहेका आर्यनलाई यही फिल्म झनै बढी ‘दाँतमा लागेको ढुंगा’ सावित भएको छ । पछिल्लो पुस्ताका ‘चकलेटी’ कलाकारहरुले दबाव दिइरहँदा आर्यनले पक्कै पनि आफूलाई फिल्म क्षेत्रमै ‘असुरक्षित’ महसुश गरेको हुनुपर्छ । 

 

कुनै बेला फिल्म चलाउनकै लागि ‘लभ्ली ब्वाई’ आर्यनलाई पहिलो प्राथमिकता दिँदै रोज्ने फिल्म निर्माताहरु समेत पछिल्लो समय अनमोल केसी, पल शाह लगायत कलाकारलाई छान्न थालेका छन् ।उनीहरु अनौपचारिक बसाइमा पनि भन्ने गरेका छन्, फिल्ममा अब आर्यनको जमाना गयो । अनमोल केसी, पल शाह जस्ता क्यूट कलाकारको समय हो अब ।

 



Your Comment

थप समाचार

अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

  • 8 minutes ago
अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

सिरिया, माघ ७ । सिरियाली सरकारी सेनाले रणनीतिक महत्वको इदलिबस्थित अबु अल–दुहुर हवाई अखडालाई शनिबार पूर्ण नियन्त्रणमा लिएको सिरियाको सैन्य स्रोतले जनाएको छ । 

काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

  • 16 minutes ago
काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिबानीहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

  • 1 hour ago
 मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

काठमाण्डौ, माघ ७ । नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने जनयुद्धमा होमीएको माओवादीले बिद्रोह गरेको थियो । तत्कालिन प्रधानमन्त्रि शेरबहादुर देउवाले माओवादीका माग सम्बोध


Loading...

भिडियो

hamropatro

नेपाल

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखा, माघ ७ । गोरखा राज्य आक्रमण पछि राज्याभिषेक गरिएको पश्लाङ चौतारोमा तत्कालिन राजा द्रव्य शाहको शालिक निर्माण गरिएको छ ।

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।